१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

आँखा नदेख्ने नम्रताको कान पनि बन्द, उपचारको खोजीमा परिवार

आँखा नदेख्ने नम्रताको कान पनि बन्द, उपचारको खोजीमा परिवार
अ अ+ अ-

बलराम प्यासी, धादिङ्ग । गत २०७२ बैशाख १२ को भूकम्पमा परि आफ्नै घरले थिचेर नावालक छोरा गुमाउन विवस धुनिवेसी नगरपालिका ३, आँपघारीका बाबु सुदिप र आमा सावित्री सापकोटाको परिवारमा अहिले अर्काे आपत्ति थपिएको छ ।

एक छोरा र एक छोरीसहितको सानो र सुखी परिवारमा रम्दै आएका सापकोटा दम्पत्तिको पहिलो खुसी, साँढे दुईवर्षको नावालक छोरा २०७२ को भूकम्पले खोस्यो भने बाँकी रहेकी ११ वर्षिया एक्ली छोरी नम्रता अल्पदृष्टि मात्रै नभई दुवै कान पनि नसुन्ने भएपछि सापकोटा परिवारमा चिन्ता थपिएको हो ।

नम्रता जन्मँदैदेखि कम आँखा देख्थिन तर दुवै कान प्रष्टसंग सुन्थिन । तर ८ महिनाअघि ज्वरो आएर दुवै कान नसुन्ने भएपछि नम्रताका बाबुआमा थप चिन्तित बनेका हुन ।

शारिरीकरुपमा साङ्ग छोरीहरुलाई समेत टिक्न कठिन हुँदै आएको नेपाली समाजमा दुवै आँखा नदेख्ने र कान पनि नसुन्ने अवस्थामा पुगेकी छोरीप्रति जन्मदिने बाबुआमाको चिन्ता अस्वभाविक होइन ।
छोरीले आँखा नदेखेकै कारण आफुसंगै पीँडीमा खेल्दै गरेको साढें दुईवर्षे भाई घर भित्र छिरेको बेलामा भुकम्प आएर उसलाई थिचेर मारिसक्दा पनि दिदी नम्रताले भाईलाई बचाउन नसकेको पीडा सम्झिन्छन, त्यतिखेर वैदेशिक रोजगारीमा रहेका नम्रताका बाबु सुदिप ।

धेरै नजिकबाट हेर्दा मात्रै नम्रता धमिलो आकृति देख्छिन् । तर प्रष्ट देख्दिनन । बाबु सुदिपले नम्रताको आँखाको उपचारको लागि राजधानीका सबैजसो आँखा अस्पताल पुर्याईसकेका छन् । केही वर्षअघि नेपालका वरिष्ठ नेत्र विशेषज्ञ डा.सन्दुक रुइतले नम्रताको आँखाको नशा नै सुकिसकेको र उपचार हुन नसक्ने भनेपछि सापकोटा परिवारको पैतालामुनिको जमीननै भासिन पुग्यो ।

छोरीको आँखाको शल्यक्रिया नहुने दुःखद खवर सेलाउन नपाउँदै ज्वरोका कारण विगत ८ महिनादेखि छोरीले दुबै कान पनि सुन्न छोडेपछि सापकोटा परिवारमा थप चिन्ता थपिन पुग्यो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको नाक, कान घाँटी विभागमा नम्रताको कान जाँच गरेपछि उनको श्रवण शक्ति पनि गुमिसकेको थाहा भयो ।

श्रवणशक्ति फर्काउन उनको कानमा ‘कक्लर इम्प्लान्ट’ जडान गर्नुपर्ने र एउटा ‘कक्लर इम्प्लान्ट’ गर्न १४ लाख नेपाली रुपैयाँ लाग्ने भनेर सम्वन्धित चिकित्सकले लेखिदिएपछि छोरीको कानको अप्रेशनको लागि बाबु सुदिप मनकारी दाताको खोजीमा भौंतारिईरहेका छन् । भन्छन, ‘कम आँखा देख्ने मेरी दुःखी छोरीको कम्तिमा एउटा कानको अप्रेशनको लागि उपचार खर्च जुटेदेखि केही हुन्थ्यो कि ?

फागुनको तेस्रो साता नम्रताको एउटा कानको शल्यक्रिया गर्नुपर्ने भनेर चिकित्सकले तिथि तोकिदिएका छन् । विदेशबाट ‘कक्लर इम्प्लान्ट’ मगाउन बाबु सुदिपको आग्रहमा काठमाडौंको ब्राइट स्टार सोसाइटीले केही पैसा तिरेर बुक गरिदिएको छ ।

नपुग रकम जुटाउन बाबु सुदिप विभिन्न व्यक्ति र संघसंस्था चहार्दै छन । नम्रताको तत्काल एउटा कानको शल्यक्रियाको लागि भक्तपुरका सफ्टवेयर इन्जिनियर प्रशान्त शर्मा र उनका साथीहरु पनि जुटिसकेका छन ।