९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश चलाउन ‘विदेशी शक्ति’हरू सक्रिय भए: पुष्पकमल दाहाल



अ+ अ-

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘देश चलाउन’ विदेशी शक्तिहरू सक्रिय भएको आरोप लगाउनु भएको छ ।

रुकुम पूर्वमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो आरोप लगाउनु भएको हो । दाहालले रुकुमको धर्तीबाटै त्यस्ता शक्तिलाई जवाफ दिने बताउनु भयो ।

उहाँले देशको जटिल राजनीतिक अवस्थालाई निकास दिन आफू पुन: जनयुद्धको आधारभूमि रुकुम फर्किएको दाबी समेत गर्नुभयो ।