१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

अदालतसम्म पुग्ने मुद्दाको छिनोफानो मेलमिलापबाट

अदालतसम्म पुग्ने मुद्दाको छिनोफानो मेलमिलापबाट
अ अ+ अ-

खस्यौली । जिल्ला अदालतसम्म पुग्ने मुद्दाको छिनोफानो स्थानीय पालिकामा मेलमिलापबाट हुने गरेको छ । स्थानीय पालिकामा झैझगडालगायतका विभिन्न मुद्दा मामिला आउन थालेको बताइएको छ । बुटवल उपमहानगरपालिकाले यस क्षेत्रमै पहिलोपटक इजलास बनाएर झैझगडाको निरुपण गर्दै आएको छ ।

बुटवल उपमहानगरपालिकाका न्यायिक समितिका संयोजक गुमादेवी आचार्यले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ (१) को अधिकार क्षेत्रमा पर्ने विवादलाई निरुपण गरिँदै आएको बताउनुभयो । बुटवलमा दर्ता हुने उजुुरीलाई १९ वटै वडामा रहेका मेलमिलापकर्तामार्फत निरुपण गरेको उल्लेख गर्दै उपप्रमुख आचार्यले मेलमिलापकर्ताका लागि निरन्तर तालीमसमेत दिइएको जानकारी गराउनुभयो ।

वडा तहमा मिल्न नसकेका उजुरीलाई इजलास बसेर पुनः मेलमिलाप केन्द्रमा पठाइँदै आएको छ । त्यहाँ पठाएपछि मेलमिलाप भएर टुङ्गिने गरेको उपप्रमुख आचार्यले जानकारी दिनुभयो । “धेरैजसो उजुरी इजलास नै बस्नुपर्ने खालका नआएको र इजलासमै गए पनि पुनः मेलमिलाप केन्द्रमा पठाउने गरिएको छ”, उपप्रमुख तथा न्यायिक समिति संयोजक आचार्यले भन्नुभयो ।

बुटवल उपमहानगरपालिकामा हाल ८५ मेलमिलापकर्ता सूचीकृत भएका छन् । उपमहानगरपालिकाले प्रत्येक वडामा कम्तीमा छ/छ जना यसै सन्दर्भमा हालै मेलमिलापकर्ताका लागि तीन दिने अभिमुखीकरण तालीमसमेत दिइएको थियो । उपमहानगरका १९ वटै वडाबाट छानिएका मेलमिलापकर्तालाई न्यायिक समितिले हेर्न मिल्ने र नमिल्ने उजुरी र तिनको समाधानका बारेमा विशेष तालीम दिइएको हो ।

बुटवलको न्यायिक समितिले अघिल्लो आर्थिक वर्षमा नौवटा मुद्दा फछ्र्योट गरेको छ । न्यायिक समितिमा परेका कूल १८ वटा मुद्दामध्ये १७ वटा मुद्दाको निर्णय भएको थियो । तीमध्ये नौवटा मात्रै फछ्र्योट भएका हुन् । बाँकी नौवटा मुद्दालाई चालु आवमा मेलमिलापमार्फत टुङग्याउने तयारीमा बुटवल उपमहानगरपालिकाका कानून अधिकृत तथा न्यायिक समितिका सदस्य–सचिव ध्रुव भट्टराईले जानकारी दिनुभयो ।

गत आवमा निर्णय भएका मुद्दामध्ये सबैभन्दा धेरै पाँचवटा घरेलु हिंसाका मुद्दा रहेका छन् । त्यसपछि न्यायिक समितिले चारवटा सम्बन्धविच्छेदसम्बन्धी मुद्दाको निर्णय लिएको अधिकृत भट्टराईले बताउनुभयो ।

त्यस्तै दुई÷दुईवटा सम्पति विवाद र घर भाडा समायोजनका मुद्दाबारे निर्णय लिएको छ भने त्यस्तै घर जग्गामा अनाधिकृत प्रवेश गरेको, घर वा बलेसीबाट अर्काको घर जग्गामा पानी झारेको, माना चामल (आयस्ता) खर्च दिलाई भराइ पाउँ, साइ केन्द्रले भोग गरेको भवन, मन्दिर, संरचना, जग्गा भोगचलनमा बाधा पुर्याएकोे लगायतका एक/एक वटा मुद्दाहरुबारे निर्णय लिइएको अधिकृत भट्टराईको भनाइ छ ।

सामुदायिक मेलमिलाप केन्द्रमा हाल ४१ वटा उजुरी दर्ता भएका छन् । तीमध्ये २० वटा उजुरीलाई मेलमिलाप केन्द्रले मिलाएको छ । बाँकी रहेका २१ वटा विवादमा सहमति जुटाउने पहल भइरहेको न्यायिक समितिले जनाएको छ । लेनदेनका छवटा, पतिपत्नी घरायसी झगडाका सातवटा, ससुरा बुहारी पालनपोषणको एकवटा, जग्गा सीमा विवादका तीनवटा, सासूबुहारी विवादका एकवटा, आमा र छोरा पालनपोषणको एकवटा र गालीगलौजको एउटा उजुरी मेलमिलापमार्फत सहमतिमा टुङ्गिएका छन् ।

सीमा विवादका पाँचवटा, अंशसम्बन्धी चारवटा, पतिपत्नी सम्बन्धविच्छेदसम्बन्धी चारवटा, लेनदेनका तीनवटा, घर बहाल भाडाका दुईवटा, पतिपत्नीबीचका दुईवटा, ससुरा बुहारी विवाद एउटा, घर प्लास्टर गर्न पाउने बारेको एक वटा गरी २१ वटा विवादमा सहमति गराउने काम जारी रहेको न्यायिक समितिले जनाएको छ ।

गत आर्थिक वर्षमा समितिको २६ वटा इजलासले उक्त मुद्दा तथा विवादको छिनोफानो लगाएको थियो । चालु आवको हालसम्मको अवधिमा १४ वटा उजुरी दर्ता भएको र तिनलाई मेलमिलाप केन्द्रमार्फत समाधान गराउने तयारी भइरहेको छ । चालु आवको हालसम्म आइपुग्दा उपमहानगरपालिकाको न्यायिक समितिमा १४ वटा मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दामध्ये सबैभन्दा धेरै साँधसिमाना र जग्गासँग सम्बन्धित विवाद रहेका छन् ।