१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार र पार्टीविरुद्ध दुष्प्रचार भयो : प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टीविरूद्ध प्रचार युद्ध छेडिएको बताएका छन्। बुधबार केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक उद्घाटन गर्दै सो कुरा उल्लेख गरेका हुन् ।

प्रचार गर्नेहरूलाई कामबाट जवाफ दिने पनि उनले बताए। ‘हामी वादविवादबाट होइन, नतिजा र कामबाट जवाफ दिन्छौं,’ प्रधानमन्त्री ओलीले भने।

उनले लोकतन्त्रप्रति निष्ठाका सवालमा प्रश्न उठाउने गरिएको पनि उल्लेख गर्दै वैचारिक पूर्वाग्रहका कुराभन्दा माथि उठेर हेर्न पनि आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीले सडकबाट मानिसलाई उद्धार गरिएको कसैलाई भोको मर्न नदिने बताएका हुन् ।

उनले भावनामा बदलेर मात्र क्रान्ति नहुनेमा जोड दिए। ‘भावनामा बगेर मात्र होइन यथार्थमा जोड दिनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने। वैचारिक रूपमा पार्टीका नेतारकार्यकर्ता प्रष्ट हुनुपर्ने उनले बताए।