१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

राराको सुन्दरताबाट नलोभिने को होला !

राराको सुन्दरताबाट नलोभिने को होला !
अ अ+ अ-

नारायणी रजौरे, दाङ । गत मङ्सिर महिनाको पहिलो साता नेपालको सबैभन्दा ठूलो र गहिरो मुगु जिल्लाको छायानाथ नगरपालिका–९ मा पर्ने रारा तालमा भेटिनुभएका नेपालगञ्जका ४८ वर्षीय भीमप्रसाद रेग्मी निकै खुशी हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्छ, “यति राम्रो प्रकृतिको मनोरम दृश्य देख्न पाउँदा जुन आनन्दको अनुभूति गर्न पाएँ त्यसबाट आफूलाई निकै सन्तुष्टि भएको छु ।”

श्रीमती र छोरीसँगै पुग्नुभएका रेग्मीले एक दिन ताल क्षेत्रमा बिताउँदा आफूले जुन आनन्दको अनुभूति गर्न पाए यसको सुन्दरता देख्दा स्वर्गकी अप्सरा उपनामभन्दा पनि कम नहुने रहेछ भन्नुभयो । यहाँले यस्तो प्राकृतिक मनोरम सुन्दरताको खानी रहेको नेपालकै ठूलो तथा गहिरो ताल रारालाई विश्वका विभिन्न मुलुकमा चिनाउन र स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउनका लागि यसलाई नेपालको प्रमुख पर्यटकीय केन्द्रका रुपमा विकास गराउन सके यसले कर्णालीकै मुहार फेरिने रहेछ भन्नुभयो ।

नेपालगञ्जबाट मात्र होइन, दाङको तुलसीपुरबाट पनि रारा ताल अवलोकन तथा घुम्न पुग्नुभएका २२ वर्षीय नविन अधिकारी पनि निकै खुशी हुनुहुन्थ्यो । उहाँले तालमा जलविहार, ताल क्षेत्रबाहिर घोडाबाट सवार गर्दा निकै आनन्द आएको बताउनुभयो ।

रारा ताल घुम्न जानका लागि घरमा बुबाआमालाई प्रस्ताव राखे शुरुमा उहाँहरुले अहिले जाडोको समय शुरु भइसक्यो जानहुन्न भन्नुभयो, “त्यहाँ धेरै हिउँ पर्छ, चिसो हुन्छ, अर्र्को सिजनमा जाउँला भन्नुभयो । मैले ढिपी गरे बुबाआमासँगै यहाँ आई ताल घुम्न पाए । ताल निकै सुन्दर रहेछ । जाडोको कुनै महसुस नै भएन ताल देख्दा यात्राको थकान सबै मेटियो ।”

रारा ताल अवलोकनका लागि पुग्नुभएकी बर्दियाकी ४६ वर्षीया शिक्षिका कमला चापागाईंले यो ताल हाम्रो अद्वितीय सम्पत्ति भएको र यसको संरक्षण र संवद्र्धनका लागि सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले यति सुन्दर तालको बयान कसरी गरुँ शब्दै छैनन् । तालसम्म आउन लामो कच्ची जोखिमपूर्ण बाटोबाट मिहिनेतका साथ आउनुपर्ने रहेछ तर यहाँ आइपुगेपछि सबै थकान नै मेटिन्छ ।

उहाँले सरकारले सन् २०२० लाई पर्यटन वर्षका रुपमा मनाउने कार्यक्रम ल्याएको छ । रारालाई लक्षित गरी पर्यटन वर्षमा यहाँ कार्यक्रम राखी स्वदेशी तथा विदेशी पर्यटकहरु धेरैलाई यहाँसम्म ल्याउनुपर्छ भन्नुभयो । ‘‘मानिसले स्वर्ग देखेको छ/छैन, त्यो त मलाई थाहा छैन तर यहाँ आउने जो कोहीले पनि यस्तै अनुभूति पोख्ने गरेको सुन्छु’’, भन्नुहुन्छ स्थानीय पर्यटनसेवी ३३ वर्षीय पदम तिरुवा ।

रारा तालमा आउने पर्यटकहरुलाई घोडामा सवार गराएर ताल क्षेत्रको अवलोकन गराउनुहुने तिवारीको अनुभव छ, यहाँ आउने स्वदेशी या विदेशी पर्यटक यति भावुक र उत्साहित हुन्छन् कि यो तालको सुन्दरताको बयान गर्न उनीहरुसँग शब्द नै धेरै हुन्छन् । मुगु जिल्लाको छायाँनाथ नगरपालिका–९ मा पर्ने रारा ताल नेपालको सबैभन्दा ठूलो र गहिरो ताल हो । यो ताल समुद्री सतहबाट दुई हजार ९९० मिटर रहेको छ ।

दश–आठ वर्ग किलो क्षेत्रफलमा फैलिएको सो तालको लम्बाइ पाँच, चौडाइ तीन र गहिराई १६७ किमी रहेको छ । यस तालको पानी एक दिनमा पनि फरकफरक रङ्ग देखिने गर्दछ । घाम लागेको समयमा नीलो रङ, कम घाम लागेको समयमा हल्का नीलो र बादल लागेको समयमा धमिलो देखिने गरेको स्थानीयवासी बताउँछन् । यहाँ आउने पर्यटकहरु घोडा चढेर तालबाहिर घुम्ने गर्दछन् । दिउँसो धेरै हावा चल्ने गरेका कारण त्यहाँ पुग्ने पर्यटक बिहान ८ देखि साढे ११ बजेसम्ममा ढुङ्गा चढेर जलविहार गर्दछन् ।

यस तालको वरपर सेतै टल्किने चङ्खेली, छायाँनाथ हिमाल देखिन्छन् । तालको उत्तर तथा दक्षिणतर्फबाट जङ्गलले घेरेको छ । रारा तालमा घुम्न जाने पर्यटकहरुको मुख्य मौसममा भने असोज, कात्तिक तथा चैत, वैशाख र जेठ महिना रहेको छ । यी महिनामा स्वदेशी तथा विदेशी धेरै पर्यटकहरु आउने हुँदा ताल क्षेत्रका होटलमा बस्ने ठाउँ पर्याप्त नहुँदा समस्या हुने गरेको स्थानीयवासी बताउँछन् ।

पर्यटकहरु बास बस्नका लागि करीब एक घण्टा टाढा रहेको राष्ट्रिय निकुञ्जको कार्यालय अगाडिको मुर्म गाउँमा रहेको होटल तथा खुल्ला आकाशमा पाल टाँगेर रात बिताउने गरेको स्थानीय होटल व्यवसायी प्रेमबहादुर बुढाले बताउनुभयो । सो तालमा विभिन्न जीवजन्तु, हिमाली असला माछा, सर्प र भ्यागुता पनि रहेका छन् । निकुञ्जभित्र ५१ प्रजातिका स्तनधारी जसमा रातो हाब्रे, कस्तुरी, मृग, हिमाली कालो भालुलगायतका पाइन्छन् ।

त्यसैगरी २७२ प्रजातिका चराचुरुङ्गी डाँफे, चिल, कालिज, पानीहाँसलगायतका पाइन्छन् । त्यस्तै विभिन्न प्रजातिका एक हजार वनस्पति पाइन्छन् । ताल क्षेत्रको मुख्य चुनौतीमा माछाको चोरी सिकारी, चरिचरन, अवैध काठ दाउरा चोरी निकासी र फोहरमैला व्यवस्थापनलाई लिएको निकुञ्जले जनाएको छ ।

रारा ताल अवलोकन गर्ने नेपाली पर्यटकहरुबाट रु १०० विदेशीहरुबाट रु ३०० हजार प्रवेश शुल्क लिने गरिएको रारा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण कार्यालय मुगुले जनाएको छ । निकुञ्जका अनुसार एक वर्षमा करीब चार हजार १०५ जना स्वदेशी, दुई हजार ५०० विदेशी पर्यटकहरु रारा तालमा घुम्न आउने गर्दछन् । रासस