९ भाद्र २०८३, मंगलवार
,
Latest
मनसुनयता सरदरभन्दा कम वर्षा पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनको प्रचार सुरु: सबैका आँखा झापातिर



अ+ अ-

प्रतिनिधिसभाको आसन्न निर्वाचनको प्रचार प्रसार सुरु भएको छ । फागुन २१ गते मतदान हुने यस निर्वाचनको सम्पूर्ण प्रक्रिया सुरु भएर प्रत्यक्षतर्फका उम्मेदवारले पनि हिजो मनोनयन गराएका छन् ।

उम्मेदवारी फिर्ता र केही प्राविधिक प्रक्रिया बाहेक अबको राज्यको काम भनेको सुरक्षा व्यवस्था कडा बनाउने र मतदातको वातावरण बनाउने मात्र छ । यता राजनीतिक दल र उम्मेदवारहरु भने मतदानका लागि तयारी अवस्थामा रहेका छन् ।

सबै दलले आआफ्नो उम्मेदारी तथा दलको प्रचार त छँदैछ, तर यस पटकको निर्वाचनको आकर्षण भने झापा जिल्लाको निर्वाचन क्षेत्र नं ५ बन्न पुगेको छ । जुन क्षेत्रमा यतिखेर सबैको आँखा पुगेको अवस्था छ । दल र उम्मेदवारले आफ्नो प्रचार र आफ्ना दलको अवस्था विश्लेषण गर्ने र जनताको घरदैलोमा पुग्ने त छँदैछ, यसका अतिरिक्त ती सबै दल र उम्मेदवारले झापामा के होला भनेर पनि बडो उत्सुकतापूर्वक हेरिरहेका छन् ।

हरेक चुनावमा कुनै न कुनै आकर्षण हुने गर्दछ । जस्तो कि यस अघिका निर्वाचनमा प्रायः प्रचण्ड कुन क्षेत्रबाट उठ्छन् र उनले निर्वाचन जित्छन् कि जित्दैनन् भन्ने हुने गर्दथ्यो । उनी चितवत पुग्दा होस् या यस अघिको निर्वाचनमा अन्तिम आवरमा भागेर त्यहाँबाट गोरखा पुग्दा होस्, उनको क्षेत्रको चुनावको चर्चा अरुको तुलनामा बढी नै हुने गर्दथ्यो ।

तर यसपालि प्रचण्डको छैन । किनभने उनी देशका धेरै ठाउँमा पुगिसके, धेरै निर्वाचन क्षेत्र चाहारिसके । सिराहादेखि काठमाडौँ सम्म अनि चितवन देखि गोरखा हुँदै अहिले रुकुमसम्म । यसकारण पनि अब न मिडिया र नत कुनै राजनीतिक अभियन्ता या दल नै उनको चर्चा गर्न छोडिसके । अहिले नयाँ निर्वाचन क्षेत्र छ चर्चामा झापाको ५ नं क्षेत्र ।

जहाँ नेकपा एमालेका अध्यक्ष केपी ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन साह भिड्दैछन् । बालेन काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख हुन् र उनी केही हप्तामात्र अघि सो पार्टीमा प्रवेश गरेका हुन् । गएको भदौ २२ र २३ गतेको जेनजी आन्दोलनदेखि नै उनी चर्चामा छन् । वर्तमान सरकार निर्माणमा पनि उनको नै हात रहेको कुरा प्रत्यक्ष रुपमा जनताले देखे भोगेका हुन् ।

अनि त्यो आन्दोलन पनि मुलतः ओली सरकारका विरुद्ध नै थियो । ओली प्रधानमन्त्री थिए र सो आन्दोलनबाट अपदस्थ भएका थिए । त्यसपछिका मिडियाले विशेषगरी ओलीको पिछा गरिरहेका छन् । उनी हालैको महाधिवेशनमा पार्टीको अध्यक्ष उठ्दा होस् या उनीसँग आन्दोलनका क्रममा भएको दमनका विषयमा छानबिन आयोगले बयान लिँदा होस् ।

पछिल्लो समय उनी उम्मेदबार बनेपछि फेरि मिडिया उनका विरुद्ध खनिन थालेका छन् । र, अहिले तुलनात्मक रुमपा बालेनको पछि मिडिया लागिरहेका छन् । बालेन किन झापा पुगे भन्ने विषयले देशव्यापी रुपमा बडो चर्चा पाएको छ । जस्तो कि हिजोमात्र पनि देशैभरि मनोनयन भइरहेको थियो, तर चर्चा र चित्र झापाकै बढी देखिन्थ्यो ।

उनलाई आगामी निर्वाचनपछिको प्रधानमन्त्रीका रुपमा सो पार्टीले अघि सारिसकेको छ । यसकारण पनि बढी चर्चा हुनु त स्वाभाविकै भयो । त्यसमा पनि केपी ओलीजस्तो विगत पटकौँसम्म आफ्नै निर्वाचन क्षेत्रबाट उठ्दै र जित्दै आएको बलियो क्षेत्रमा किन बालेन हामफाले भन्ने विषय अहिले धेरैको विश्लेषणको विषय बनेको छ ।

के बालेनले चुनाव जित्लान त ? के उनी निर्वाचन जितेपछि रास्वपाले प्रधानमन्त्री बनाउला त ? ओलीले निर्वाचन हारे भने के हुन्छ ? त्यसपछि एमालेको संसदीय दलको नेता को हुन्छ ? के रविले साँच्चिकै चुनाव जिताउनकै लागि बालेनलाई ओलीसँग भिड्न पठाएका हुन् त ? कि बालेनले चुनाव हारेपछि आपूmलाई हाइसुख्ख हुन्छ भनेर त रविले बालेनलाई झापा पठाएका होइनन् ? यस्ता धेरै प्रश्नहरुमा अहिले चिया पसलमा बढी चर्चा हुने गर्दछ ।

त्यसैले यतिखेर देशका ठूला देखि साना मिडियादेखि प्रायः युट्युबहरु झापा ५ मै गएर थुप्रिएका छन् । कतिले अनुसन्धान गरेका छन् त कतिले अनुमानकै भरमा समाचार सम्प्रेषण गरिरहेका छन् । उनीहरु पनि कसले जित्छ भनेर यकिन गर्न सकिरहेका छैनन्, समाचारहरु भने दिइरहेका छन् कि सो क्षेत्रको चर्चा अरुको भन्दा बढी चर्चा छ । सबैको आँखा त्यतै छ ।

हुन पनि बालेनसँग चुनाव लड्नका लागि धेरै क्षेत्रका विकल्प थिए । उनी काठमाडौँका मेयर रहेकाले यहाँका १० मध्येको कुनै न कुनै क्षेत्र रोज्न सक्थे ।

उनी मधेशको भएकाले आफ्नो गृह जिल्ला या कुनै न कुनै मधेशको निर्वाचन क्षेत्र पनि रोज्न सक्थे । कांग्रेसका गगन थापादेखि कैयौँ नेताहरु आफू सुरक्षित हुनका लागि मधेश दौडिरहेका छन् भने बालेनसँग पनि त्यो रोजाइको अवसर पक्कै थियो ।

तर पनि उनी किन झापा पुगे भन्ने विषयले अहिले चर्चा पाइरहेको छ । त्यसैले मिडियादेखि दलसम्म र राजनीतिक विश्लेषकदेखि पार्टीका नेतासम्म नै अहिले झापा ५ को चर्चा गर्ने गर्दछन् । त्यसैले सर्वसाधारणदेखि धेरैको आँखा अहिले झापा ५ तिरै छ ।