१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

चार वर्षदेखि औषधालय चिकित्सकविहीन

चार वर्षदेखि औषधालय चिकित्सकविहीन
अ अ+ अ-

जुम्ला । आयुर्वेद औषधालय चार वर्षदेखि डाक्टरविहीन हुँदा सेवाग्राही मर्कामा परेका छन् ।

डाक्टर रमेश केसी ०७२ मङ्सिरमा सरुवा भएपछि केही महिनापछि डाक्टर विवेक गुप्ता अस्थायीरूपमा आए पनि नियमित एक महिना काम नगरेरै गएपछि औषधालय डाक्टरविहीन अवस्थामा रहेको हुँदा सेवाग्राही मर्कामा परेका हुन् ।

अहिले वैद्य गोर्खबहादुर रावतकोे भरमा औषधालय चलिरहेको छ । सामान्य बिरामी आएमा सजिलै उपचार गराउनेदेखि औषधि दिनेसम्मको काम गर्न सकिएको भए पनि जटिल प्रकृतिका बिरामी आएमा निकै समस्या हुने गरेको आयुर्वेद वैद्य रावतले बताउनुभयो ।

औषधालयमा डाक्टर नभएपछि शल्याक्रियाका काम हुन नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “न्यूनतम शुल्कमा पाइल्स, घाउखटिराका शल्यक्रिया गर्ने गरेका थियौँ । अहिले डाक्टर नभएपछि त्यो काम हुन सकेको छैन ।” उहाँले भन्नुभयो, “आयुर्वेद विभागमा पटकपटक पत्रचार गरेर डाक्टर पठाइदिन माग गरेका छौँ । अहिलेसम्म सुनुवाइ भएको छैन ।’

वैद्य रावतका अनुसार चिकित्सकीय सेवा र सामान्य स्वास्थ्यकर्मीले दिने सेवामा धेरै फरक हुन्छ । उहाँले भन्नुभयो, “त्यसैले पनि डाक्टर पठाइदिन बेलाबेलामा ताकेता गरेका छौँ तर, पनि विभागले सुनुवाइ गरेको छैन ।” “अहिले कर्णाली प्रदेशले प्रदेशभरि जिल्लामा पुग्ने गरी आयुर्वेद औषधालयका लागि डाक्टरसहित अन्य दक्ष जनशक्तिको विज्ञापन गरेको छ”, उहाँले भन्नुभयोे, “अब डाक्टर आउने सम्भावना बढेको छ ।”

यस्तै आयुर्वेद औषधालयमा राष्ट्रिय मानवअधिकार आयोग, प्रदेश कार्यालय जुम्ला, अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०, पत्रकारलगायतको टोलीले अनुगमन गरेको छ । औषधालयमा पटकपटक औषधि र स्वास्थ्यकर्मीको अभाव भएको सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि राष्ट्रिय मानवअधिकार आयोग, कर्णाली प्रदेश कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख नरेन्द्र खत्री, पत्रकार महासङ्घका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाईलगायतको टोलीले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा आयुर्वेद औषधालयमा औषधि पर्याप्त भए पनि दक्ष स्वास्थ्यकर्मी नभएका कारण समस्या देखिएको आयोग प्रदेश कार्यालय जुम्लाका निमित्त प्रमुख नरेन्द्र खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “यो औषधालयमा विगत चार वर्षदेखि डाक्टर दरबन्दी रिक्त नै रहेको छ । दरबन्दी पदपूर्तिका का लागि कार्यालयले पटकपटक पहल गर्दा पनि सुनुवाइ नभएको बुझिन आएको छ ।”

यहाँ डाक्टरसहित अन्य स्वास्थ्यकर्मी पनि अभावले बिरामीको उपचारमा समस्या देखिएको पत्रकार महासङ्घका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाईले बताउनुभयो । बिजुली नभएका कारण आवश्यक उपकरण पनि प्रयोगविहीन भएको औषधालयका वैद्य गोर्खबहादुर रावतले बताउनुभयो । उहाँले भन्नुभयो, “उपकरण प्रयोगमा नआएरै सबै पुराना भएका छन् ।”

चालु आवमा रु चार लाख ९० हजारको औषधि खरिद गरेकाले औषधि पर्याप्त नै छ तर आवश्यक दक्ष स्वास्थ्यकर्मी नभएका कारण समस्या हुने गरेको जनाएको छ । पहिलो सङ्घीय सरकारअन्तर्गत कर्णाली अञ्चल आयुर्वेद औषधलायको रुपमा रहेको कार्यालयलाई अहिले कर्णाली प्रदेशअन्तर्गत जनस्वास्थ्य कार्यालय जुम्ला, आयुर्वेद औषधालय शाखाका रुपमा रहेको छ ।

स्थायी कर्मचारीका रुपमा एक जना वैद्य र एक जना कार्यालय सहयोगी मात्र छन् । तीन जना करार सहयोगी कर्मचारी रहेका छन् । औषधालयमा हिउँदे सिजनमा दैनिक १५ देखि २० जनासम्म बिरामी उपचार गराउनका लागि आउँछन् भने वर्षा सिजनमा ५० देखि ६० बिरामी आउने गर्दछन् । धेरैजसो अमलपित्त, श्वासप्रस्वास, कमलपित्त, स्त्रीरोग, पाइल्स, बाथ, मुत्रविकार, छालासम्बन्धीका बिरामी उपचारका लागि आउने गर्दछन् । कमलपित्त र श्वासप्रस्वासका बिरामी सबैभन्दा बढी आउने गरेको औषधालयले जनाएको छ ।