१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

गाउँमा सडक पुगेपछि खुशीयाली

गाउँमा सडक पुगेपछि खुशीयाली
अ अ+ अ-

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको विकट कुइनेमङ्गलेमा अक्करेभिर फोडेर मङ्गलबार मोटर बाटो पुर्याएपछि गाउँलेले नाचगान गरेर खुशियाली मनाएका छन् ।

पात्लेखर्कमा ९३ वर्षीय रिबहादुर छन्त्याल पैदल छिचोल्नसमेत मुस्किल पर्ने अक्करे पहाडलाई काटेर मोटरबाटो गाउँमा पुगेपछि हर्षविभोर हुँदै छमछमी पुख्र्यौली नाच नाच्नुभयो । घरआँगानमै मोटरबाटो पुगेपछि अर्का वृद्ध ८५ वर्षीय चित्रबहादुर पुनसमेत फुरुङ्ग हुनुभयो ।

विगतमा सवारीसाधन र मोटरबाटो हेर्न एकदिनको पैदलयात्रा गरेर आउनुपर्ने अवस्थामा गाउँपालिकाले गाउँलाई सडक सञ्जालसँग जोडेपछि पात्लेखर्कका स्थानीयवासीले खुशियाली मनाएका हुन् । “गाउँमै मोटरबाटो आयो”, कुइनेमङ्गलेका ८९ वर्षीय तमान छन्त्यालले भन्नुभयो, “अब पैदल हिँडेर बजार जानुपर्ने अवस्थाको अन्त्य हुँदैछ”,

गाउँपालिकाभित्रका सबै बस्तीलाई सडक सञ्जालले जोड्ने योजनाअन्तर्गत रु १४ लाखको लागतमा साढे चार किलोमिटर सडकको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले गाउँपालिकाभित्रका जनताको आधारभूत आवश्यकता पूरा गर्ने बताउनुभयो । “गाउँमा सडक पुगेपछि तपाईहरुको अनुहारमा मैले चमकदेखेँ”, प्रमुख भण्डारीले भन्नुभयो, “यसलाई कमी हुन दिने छैन”,

उहाँले विकट बस्तीमा सडक प्राथमिकतामा परेको बताउनुभयो । सोही अवसरमा नेपाली काँग्रेस म्याग्दीका सचिव मीनबहादुर कार्की, गाउँपालिका उपाध्यक्ष कमला तिलिजा, काँग्रेसका युवा नेता एवं स्थानीय ओम छन्त्यालले गाउँलेको खुशियालीमा साथ दिनुभएको थियो । कुइनेमङ्गलेको पात्लेखर्क जिल्लाकै दुर्गम बस्ती हो ।

यस्तै रघुगङ्गा गाउँपालिका–१ बेगखोला हुँदै चिमखोला–खरीबोटध्यासीखर्क हुँदै पात्लेखर्क पुगिन्छ । वडाध्यक्ष गमान छन्त्यालले गाउँपालिका–८ को अन्तिम बस्तीमा सडक पुगेपछि स्थानीयलाई सहज भएको बताउनुभयो । उहाँले सडक उद्घाटनको क्रममा ट्र्याक्टर पुगे पनि सदरमुकाम बेनी आवतजावत गर्ने निकट भविष्यमै जीप सेवा सञ्चालन गर्ने बताउनुभयो ।

सडक सञ्जालको विस्तारसँगै आसपासका बस्तीसमेत गरी करिब २०० घर लाभान्वित हुने वडा कार्यालयले जनाएको छ । सोही अवसरमा ध्यासीखर्कदेखि चौरखानी जाने पदमार्ग रु पाँच लाखको पदमार्गको समेत अनुगमन गरिएको थियो ।