१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतसँग ‘लिम्पियाधुरा नेपालको हो’ भन्न सक्ने यो सरकारमात्र हो : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले यो सरकार भारतसँग लिम्पियाधुरा हाम्रो हो भन्न सक्ने पहिलो सरकार भएको बताएका छन् । बुधबार नेकपाको केन्द्रीय कमिटीको पूर्ण बैठकमा उनले सो कुरा उल्लेख गरेका हुन् ।

भारतसँग सीमा विवादका लागि भारत सरकारलाई पत्राचार गरेर यो सरकारले ऐतिहासिक काम गरेको र कूटनीतिक पहलमार्फत विवाद समाधान गरिने प्रधानमन्त्री ओलीले बताए ।

भारत सरकारले २०१९ नोभेम्बरको पहिलो सातामा जारी गरेको राजनीतिक नक्सामा लिम्पियाधुरा, कालापानी समावेश गरिएको थियो।

उक्त नक्साले सुगौली सन्धीको धारा ५ को विरूद्धमा रहेको र नेपाल सरकारको असहमति रहेको हुँदा तुरुन्तै सच्याउन आग्रह समेत गरेको उनले बताए।