६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हाना सिंगल–हाम्दीलाई एम्बास्डर्स क्लब नेपाल ‘रिक्गनिसन अवार्ड– २०२५’ प्रदान

संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हाना सिंगल–हाम्दीलाई एम्बास्डर्स क्लब नेपाल ‘रिक्गनिसन अवार्ड– २०२५’ प्रदान
अ+ अ-

काठमाडौं- एम्बास्डर्स क्लब नेपालले संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक–नेपाल हाना सिंगल–हाम्दीलाई विशेष समारोह बीच ‘रिक्गनिसन अवार्ड– २०२५’ द्धारा सम्मान गरेको छ ।

विशालनगरस्थित आफ्नै कार्यालय परिसरमा सोमबार आयोजित कार्यक्रममा क्लबकी अध्यक्ष तथा पूर्वराजदूत डा. शर्मिला पराजुली ढकालले हानालाई सम्मानको रुपमा उक्त अवार्ड दिएको बताइन् ।

‘उहा (हाना) को विशिष्ट नेतृत्व, सेवामा समर्पित र नेपालको विकास यात्रामा गरेको दिगो योगदानको कदर गर्दै एम्बास्डर्स क्लब नेपालले महामहिम हाना सिंगर–हाम्दीलाई रिक्गनिसन अवार्ड–२०२५ प्रदान गर्दछ,’ अध्यक्ष डा. शर्मिलाले भनिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले हानालाई अवार्ड हस्तान्तरण गरेका हुन् ।

यो अवार्ड अब एम्बास्डर्स क्लब नेपालले बार्षिक रुपमा प्रदान गर्नेछ । क्लबले हरेक वर्ष राजदूत, कूटनीतिज्ञ र अन्तर्राष्ट्रिय संस्थाका प्रमुख तथा अधिकारीहरूलाई प्रदान गर्नेछ । हानाले पहिलो संस्करणको अवार्ड पाएकी हुन् । एम्बास्डर्स क्लब नेपालले यो सम्मानले नेपालमा विकास सहयोगलाई सुदृढ पार्ने र सकारात्मक परिवर्तनलाई बढावा दिने आफ्नो निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने जनाएको छ । यो पुरस्कार एम्बास्डर्स क्लब नेपालको निर्णायक मण्डलले छनोट गरेर दिन्छ ।

सम्मानपछि बोल्दै संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हानाले एम्बास्डर्स क्लब नेपाल र अध्यक्ष डा. शर्मिलालाई धन्यवाद दिइन् । ‘मलाई सम्मान गर्नुभएकोमा धेरै धेरै धन्यवाद छ । यो अद्भुत छ– तपाईहरुले जे गर्नुभएको छ, सधैं कृतज्ञ छु,’ उनले भनिन् । हानाले थपिन्, ‘मेरो लागि नेपाल माइतीघर हो । म सन् १९९७ देखि नेपाल आउदै रहेको छु । मैले लगभग सात वा आठ पटक नेपाल भ्रमण गरेको छु, र म लगभग ६ वर्ष नेपालमा बसेको र काम गरेको छु । मैले ५४ भन्दा बढी जिल्लाको यात्रा गरेको छु । र, म भावनात्मक रुपमा अभिभूत महशुस गरेको छु ।’ उनले आफू सधैं नेपाल फर्कनुको कारण यहा केहि जादू नै भएको बताइन् । उनले नेपालको एक जादूयी हिस्सा नेपालीहरु भएको पनि बताइन् ।

पुरस्कार समारोहको क्रममा नेपालस्थित विदेश राजदूतहरू, कूटनीतिज्ञहरू, नेपाल सरकारका उच्च अधिकारीहरू, अन्य कूटनीतिक नियोगका अधिकारीहरू र नीजि क्षेत्रका नेताहरुको पनि उपस्थिती रहेको थियो ।

एम्बास्डर्स क्लब नेपाल एक प्रतिष्ठित गैर–नाफामुखी र तथस्ट संस्था हो । यो यस्तो संस्था हो, जहा कूटनीतिक नियोगहरू बीचमा मित्रता, विश्वास र अर्थपूर्ण संवादलाई बढावा दिन एकसाथ भेला गराउने काम गर्छ । क्लबले कूटनीति कला क्षेत्रको उत्सव मनाउछ । साथै, क्लबले सहयोगी साझेदारीलाई पोषण गर्दछ र साझा उद्देश्य प्राप्तीको लागि सहकार्यको काम गर्दछ । यो क्लब मित्रता, विश्वास र संवादमा निर्मित गर्ने एक विश्वासनीय स्थान पनि हो ।