१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

हट्यो भाले घडियाल गोहीको अभाव

हट्यो भाले घडियाल गोहीको अभाव
अ अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी र राप्ती नदीमा देखिएको घडियाल भाले गोहीको अभाव हटेको छ । नवलपरासी क्षेत्रमा एउटा भाले गोही जालमा परेर मरेपछि तीन वर्ष अघि बबई नदीबाट एउटा भाले गोही यहाँ ल्याइएको थियो । त्यतिबेला दुवै नदीमा भाले गोही नभएपछि बर्दियाबाट ल्याइएको हो ।

निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार गत साता गरिएको सर्वेक्षणका क्रममा तीन भाले गोही देखिएका छन् । गत वर्ष देखिएका दुई भाले गोही अनुगमनका क्रममा बाहिर नदेखिएका भए पनि ती गोही पनि यिनै नदीमा भएको अनुमान गरिएको छ । खड्काले सन् २०१७ को डिसेम्बरमा बबईबाट ल्याइएको भाले गोही भेलौजी क्षेत्रमा भेटिएको जानकारी दिनुभयो ।

हाल देखिएका तीन भाले गोहीमध्ये एउटा सानो र दुई केही ठूला रहेका छन् । ती भालेमध्ये एउटा राप्ती दोभान गोलाघाटमा, राप्तीको दुधौरा र अर्को भेलौजीमा भेटिएको हो । नदीमा कम्तीमा पाँच भाले गोही रहेको अनुमान गरिएको खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “प्राकृतिक वासस्थानका लागि यी भाले गोहीले पर्याप्त हुन्छ ।” यद्यपि त्रिवेणी ब्यारेजबाट भारततर्फ जान सक्ने खतरा भएको उहाँको भनाइ छ । खड्काको टोलीले ११ दिन लगाएर नारायणी, राप्ती र तिनका भंगलाको करिब २०० किलोमिटर क्षेत्रमा सर्वेक्षण गरेको थियो ।

विश्वबाट नै लोप हुन लागेको घडियाल गोहीलाई निकुञ्जको कसरामा रहेको प्रजनन केन्द्रमा हुर्काएर विभिन्न नदीमा हालसम्म एक हजार ४६५ गोही छाडी सकिएको छ । सोमध्ये राप्तिमा मात्र ७८५ गोही छाडीएको छ । निकुञ्जका अनुसार नारायणी नदीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबहीमा ११० वटा गोही छोडिसकिएको छ । पछिल्ला वर्षमा राप्ती र नारायणीमा मात्रै गोही छाडिने गरिएको छ । नदीमा गोही छोड्दै गए पनि सङ्ख्या बढ्दै जान भने सकेको छैन । पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन् ।

सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छोड्न थालिएको हो । नदी प्रदूषण बन्दै जाँदा सङ्कटापन्न अवस्थामा रहेको घडियाल संरक्षणमा चुनौती थपिँदै गएको छ । हरेक वर्ष यी दुई नदी किनारबाट गोहीको अण्डा सङ्कलन गरी प्रजनन केन्द्रमा कोरलेर हुर्काउने गरिन्छ । गोहीको भाले पोथी पहिचान हुन २० वर्ष लाग्ने गर्दछ । प्राकृतिक रुपमा नै भाले कम जन्मिने गर्दछन् ।