१९ भाद्र २०८३, शुक्रबार
,
Latest
ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात पूर्वस्वास्थ्यमन्त्री चुनावी दौडमा



अ+ अ-

काठमाडौँ। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सात जना पूर्वस्वास्थ्यमन्त्रीले देशका विभिन्न स्थानमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

आज पूर्वस्वास्थ्यमन्त्री गगन थापा, प्रदीप पौडेल, पदम गिरी, शेरबहादुर तामाङ, प्रदीप यादव, उपेन्द्र यादव र भानुभक्त ढकालले आसन्न निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुभएको हो ।

निर्वाचन आयोगको विवरणअनुसार कांग्रेस सभापति थापा सर्लाही क्षेत्र नं ४, कांग्रेसकै पौडेल काठमाडौँ क्षेत्र नं ५, एमालेका गिरी पर्वतबाट उम्मेदवार बन्नुभएको छ ।

यस्तै, सिन्धुपाल्चोक क्षेत्र नं २ बाट एमालेका तामाङ, पर्सा १ बाट एमालेकै प्रदिप यादव, सप्तरी क्षेत्र नं ३ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष यादव र तेह्रथुमबाट एमालेका ढकालले पनि उम्मेदवारी दर्ता गर्नुभएको छ ।  रासस