१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

गोली हानी गाँजा तस्कर पक्राउ

गोली हानी गाँजा तस्कर पक्राउ
अ अ+ अ-

मकवानपुर । मकवानपुर प्रहरीले गोली प्रहार गरेर लागुऔषध गाँजा तस्करलाई नियन्त्रणमा लिएको छ । बिआर ०६ जे ४४५८ नंको भारतीय कारमा लागुऔषध गाँजा लैजाँदै गरेका तीनजनालाई प्रहरीले आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा कार चालक भारत मुजफ्फपुरका ३५ वर्षीय सञ्जीत पासवान, सोही स्थानका ३५ वर्षीया अजैमल हवारी र ४५ वर्षीय जाहेरा खातुन रहेका छन् ।

प्रहरीका अनुसार भारतीय कारमा गाँजा बोकेका उनीहरुलाई मकवानपुरको मनहरीमा प्रहरीले जाँज गर्न खोज्दा भागेका थिए । जाँचका क्रममा कार भगाएको सूचनाका आधारमा नेवारपानीमा रहेको प्रहरी चौकीले उक्त कार रोक्नखोज्दा पनि नरोकी चेकजाँजमा खटिएका प्रहरीलाई समेत ठक्कर दिन खोजी त्यहाँबाट समेत भागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलसिंह राठौर बताउनुहुन्छ ।

उहाँका अनुसार त्यसपछि उनीहरुलाई लेवट प्रहरी चौकीले रोक्ने प्रयास गरेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि चेकिङ पोइन्ट बनाएर उक्त गाडीलाई रोक्न खोज्दासमेत नरोकेपछि प्रहरीले गोली चलाएको हो । “उनीहरुलाई पिछा गर्दै हवाई फायर गर्दा पनि नियन्त्रणमा लिन गाह्रो भएको थियो, यसरी पटक पटक प्रहरी चेकिङ तोडेर भागेपछि हामीले गाडीमा लागुऔषध मात्रै नभएर गम्भीर खालको विस्फोटक पदार्थ वा अन्य कुनै खतरनाक चीजबिज रहेको हुन सक्ने ठानी रोक्ने प्रयास ग¥यौँ तर गाडी रोकिएन त्यसपछि गाडीको पाङ्ग्रामा गोली प्रहार गरेर टायर पन्चर गराएर नियन्त्रणमा लियौँ”, राठौरले भन्नुभयो ।

प्रहरीले उक्त गाडीलाई पूर्व–पश्चिम राजमार्गको मनहरीमै रोक्न खोजेको भए पनि झण्डै ३० किलोमिटर टाढा थानाभर्याङमा रोक्न सकेको हो । प्रहरीका अनुसार कारमा जाँच गर्दा पछाडिको सिटमा फल्स बटम बनाई १६ पोकामा लुकाइराखेको ३२ किलो गाँजा बरामद गरिएको छ ।

यसैबीच गाँजा तस्करलाई नियन्त्रणमा लिएर फर्कंदै गरेको प्रहरीको गाडी दुर्घटनामा परेको छ । काँकडभिट्टा–धनगढी चल्ने ना५ख ५५८२ नंको यात्रुवाहक बसले ना१झ १४१७ नंको प्रहरीको गाडीलार्ई ठक्कर दिँदा वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीसहित छ जना घाइते भएका प्रहरी उपरीक्षक राठौरले जानकारी दिनुभयो । दुर्घटनामा गाँजा तस्करीमा संलग्न महिला खातुनसमेत घाइते भएको जनाइएको छ ।