१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक वर्षमा तीन सयको उद्धार



अ+ अ-

कपिलवस्तु । सीमा क्षेत्रमा क्रियाशील रहेका सङ्घसंस्थाले मानव बेचबिखनलाई कमी ल्याउन सकेका छैनन् । कपिलवस्तुको सीमा क्षेत्र कृष्णनगर नाका हुँदै भारतमा नेपाली युवतीको ओसारपोसार तथा बेचबिखन हुने गरेको छ । चन्द्रौटा हुँदै भारत प्रस्थान गर्ने सडकमा जाँच र परामर्श हुने गरेको छ ।

गत वर्षको तुलनामा दोब्बर सख्यामा उद्धार गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालयमा आव २०७५÷७६ मा तीन मानव बेचबिखनसम्बन्धी मुद्दा दर्ता भएका छन । सोमा दुई मुद्दा फछ्र्योट भएका छन् । चालू आर्थिक वर्षका छ महिनामा दुईवटामात्र मुद्दा दर्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपशमशेर जबराले बताउनुभयो । आव २०७४/७५ मा सीमा क्षेत्रमा रहेका शान्ति पुनःस्थापनागृह र आफन्त नेपाल संस्थाले १७९ को उद्धार गरिएको थियो भने ०७५/७६ मा २८९ लाई उद्धार गरेको जनाएका छन् ।

कृष्णनगरबाट भारत जाने दुई गेटमा जाँच हुने गर्दछ । महिला तथा शङ्कास्पद देखेमा उनीहरुलाई सोधपुछ गर्ने गरिएको छ । युवतीलाई विभिन्न प्रलोभनमा पारी भारत हुदैँ तेस्रो मुलकसमेत लैजाने गरेको पाइएको छ । करीब १५ देखि ३० वर्ष उमेर समूहका महिला र बालबालिका बढी जोखिममा रहेका शान्ति पुनःस्थापना गृहका जिल्ला संयोजक भूमि भट्टराईले बताउनुभयो । संस्थाको नेतृत्वमा भारतका विभिन्न ठाउँबाट १० नेपाली नागरिकको उद्धार गरेको उहाँले बताउनुभयो ।

कृष्णनगर हुँदै जाने महिला गाउँस्तरका रहेकाले दाङ, प्यूठान, रोल्पा, अर्घाखाँची, गुल्मीलगायत जिल्ला बढी जोखिममा रहेका उहाँले बताउनुभयो । स्थानीय तहले मानव बेचबिखन नियन्त्रणका लागि कुनै योजना बनाएका छैनन् । शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारूले महिलालाई सचेत बनाउनुपर्ने बताउनुभयो । बेखबिखनको मुख्य कारण बेरोजगारी रहेको भन्दै नगरपालिकाले सीपमूलक तालीमलाई जोड दिएको उहाँको भनाइ छ । बेचबिखनमा संलग्न दलालले खुला सिमाना रहेको पश्चिमका नाका प्रयोग गर्दै आएका छन् ।