१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

लक्ष्य कार्यान्वयनमा भएका गतिविधि सम्बन्धमा अनुगमन गर्ने

लक्ष्य कार्यान्वयनमा भएका गतिविधि सम्बन्धमा अनुगमन गर्ने
अ अ+ अ-

काठमाडौं । दीगो विकास लक्ष्य कार्यान्वयनमा भएका गतिविधि सम्बन्धमा दिगो विकास समितिले अनुगमन गर्ने भएको छ ।

समितिले दिगो विकासका लक्ष्य कार्यान्वयनको अनुगमनका लागि परीक्षण सूचीको संक्षिप्त विवरण तयार पारेको छ । दिगो विकास लक्ष्य कार्यान्वयनमा संसद र संसदीय समितिको भूमिका बारे तयार गरिएको परक्षिण सूचीमा विद्यमान रहेको गरिबी अन्त्यका लागि वार्षिक नीति तथा कार्यक्रम, वार्षिक बजेट र स्रोत विनियोजनको सूचक महत्वपूर्ण हुने बताएको छ । उक्त सूचक पुरा गर्नका लागि नयाँ कानून तर्जुमा वा परिमार्जन, नीतिगत र प्रक्रियागत सुधारको आवश्यकता, मध्य र दिर्घकालिन कानूनी सुधारको एजेण्डा बजेटको पर्याप्तता संसदीय निगरानी भित्र पर्ने विज्ञ पूर्णचन्द्र भट्टराईले बताउनुभयो ।

भोकमरीबाट उन्मुक्तिका लागि न्यून पोषित जनसंख्या, विश्वव्यापी खाद्य सूरक्षा सूचकांक, जमिनको उत्पादकत्व, बिउजिन सुरक्षण र कृषि क्ष्ोत्रमा बजेटको प्रतिशतलाई मूख्य सूचकका रुपमा राखिएको छ । संसदको दिगो विकास तथा सुशासन समितिमा प्रस्तुत परीक्षण सूचीमा उल्लेखित सूचकहरु पुरा गर्न खाद्य असुरक्षा, खाद्य पदार्थको मूल्य सूची, खाद्यान्न डिपोहरुको अनुगमन तथा मूल्यांकन गर्नुपर्ने र कानूनी संरचना, नीतिगत र प्रक्रियागत सुधार र संरदीय सुझाव÷निर्देशनका सवालमा संसदीय निगरानी हुनुपर्ने परीक्षण सूचीमा उल्लेख छ । राष्ट्रिय योजना आयोग सदस्य मिनबहादुर शाहीले सांसदहरुलाई पन्ध्रौँ योजना राम्ररी अध्ययन गर्न सुझाव दिनुभएको छ । एडिजी भन्दा पहिले १५ औं योजना पढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुहुँदै उहाँले एक महिनाभित्र सुझाव पेश गर्न पनि आग्रह गर्नुभएको छ ।

समावेशिता, पर्यावरण, लैंगिक समानता, सुशासन र गरिबी निवारणलाई दिगो विकास लक्ष्यका साझा आधारका रुपमा लिइएको छ ।