७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय कार्यबाहक राजदूतले भेटे सभामुखलाई



अ+ अ-

काठमाडौं । नेपालका लागि भारतीय कार्यबाहक राजदूत डा. अजय कुमारले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गर्नुभएको छ ।

कार्यबाहक राजदूत अजय कुमारले बुधबार सभामुखको कार्यकक्षमै पुगेर शिष्टाचार भेटघाट गर्नुभएको हो । आइतबार सभामुखमा निर्विरोध निर्वाचित हुनुभएका सभामुख सापकोटालाई कार्यबाहक राजदूत अजय कुमारले बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ । भेटमा उहाँले सभामुख सापकोटालाई नेपाल भारत सम्बन्ध विभिन्न आयामहरु संग्रहित पुस्तक पनि उपहार दिनुभएको थियो ।

नेपालका लागि भारतीय राजदूत मञ्जिपसिंह पुरीले उमेरहदका कारण अवकाश पाएपछि नयाँ राजदूत नियुक्त भएका छ्रैनन् । यद्यपी भारत सरकारले नेपालका लागि नयाँ राजदूतमा विनयमोहन क्वात्राको नाम सिफरिस गरेको छ । यसअघि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सभामुख सापकोटासँग भेट गरी सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।