३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञान निकेतनको दोश्रो जित



अ+ अ-

काठमाडौं । आयोजक ज्ञान निकेतनले १९ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजमा बुधबार दोश्रो जित हात पारेको छ । ज्ञान निकेतनले ट्रिनिटीलाई ६२–४४ ले पराजित गर्दै लगातार दोश्रो जित हात पार्यो । ज्ञान निकेतनका नयेन्द्र परियारले १७ अंक जोडे । प्लस टु ब्वाइजमै जेभियर इन्टरनेसनल कलेज, न्यु जेनिथ, रिलायन्स इन्टरनेसनल एकेडेमी, मोर्गन इन्टरनेसनल कजेज र नोबेल एकेडेमी विजयी भए ।

जेभियरले रोजबडलाई ६३–३२ को फराकिलो अन्तरले हरायो । विजयी टिमका लागि लियुश केसीले २० अंक जोडे । न्यु जेनिथले चाणक्यलाई ३५–२१ ले पाखा लगायो । न्यु जेनिथका अजय घलेले १३ स्कोर गरे । रिलायन्सले बर्न हार्टमाथि २२–२० को कठिन जित दर्ता गर्यो । रिलायन्सका लोकमान गुरुङले १४ अंक बटुले ।

त्यस्तै मोर्गनले इन्साइट भिजनलाई ३८–२४ ले पन्छायो । मोर्गनका प्रसिद्ध गुरुङले ११ अंक जोडे । ग्लेसियर विरुद्धको खेलमा नोबेल ३१–२२ ले विजयी भयो । नोबेलका आयुश भण्डारीले १४ स्कोर गरे ।