१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा डेल रे को क्वार्टरफाईनलमा रियल मड्रिड



अ+ अ-

कोपा डेल रे फुटबलको क्वार्टरफाईनलमा रियल मड्रिडले प्रवेश पाएको छ । रियलले रियल जारागोजामाथि ४–० को सहज जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गर्न सफल रहेको हो । राफेल भरानो र लुकास भाजक्वेजले पहिलो हाफमा एक एक गोल गर्दै रियललाई २–० ले अघि बढाएका थिए ।

दोस्रो हाफमा भिनिसियस जुनियर र वैकल्पिक खेलाडीको रपमा मैदान छिरेका करिम बेन्जिमाले समान एक एक गोल गर्दै रियललाई सहज जित दिलाएका हुन् । लिगको शीर्ष स्थानमा भने रियल स्पेनिस छ । स्पेनिसले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको छ ।

रियलले मड्रिड डर्बीमा आगामी शनिबार एट्लेटिकोसंग खेल्नेछ । जिनेदिन जिदान नेतृत्वको टिमले सहज जित निकाल्दै सो खेल अगाडी आफुलाई तयार बनाएको छ ।