१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

चुरे दोहन रोक्न सरोकारवालाहरुको माग

चुरे दोहन रोक्न सरोकारवालाहरुको माग
अ अ+ अ-

काठमाडौँ । अत्यधिक दोहनका कारण चुरे विनाश भइरहेकाले त्यसलाई रोक्नुपर्ने सरोकारवालाले जोड दिएका छन् । बुधबार यदुवंशी उत्थान समाज नेपालले आयोजन गरेको कार्यक्रमका सहभागीले तत्काल चुरे विनाश रोक्न पहल नगरे भयावह स्थिति निम्तिने खतरा रहेको औल्याए । पूर्व सहसचिव उमेश्वरनाथ गंगोलले देशभर चुरे विनाश बढ्दै गएकामा चिन्ता प्रकट गरे । उनले चुरे विनाश रोकथाम सरकारको मात्र नभएको र त्यसलाई रोक्न स्थानीयवासीको सक्रियता आवश्यक भएको बताए ।

समाजका महासचिव रामदरेश रायले पूर्वी तराईमा चुरे संरक्षणमा सक्रिय व्यक्ति तस्करको निसाना बनिरहेकोमा चिन्ता व्यक्त गरे । संरक्षणकर्मी इन्दिरा कोइरालाले राष्ट्रपति चुरे संरक्षण कार्यक्रम प्रभावकारी बन्न नसकेको बताए । वातावरण विज्ञ भुवन गिरीले ढुङ्गा गिट्टी बालुवा उत्खनन अत्यधिक भइरहेको र त्यसबाट चुरे विनाश बढ्दै गएको बताए ।

कार्यक्रममा संरक्षणकर्मी अम्बिका गौतम, अञ्जु यादव, राजीव देव, सिन्धु भट्ट, श्यामसुन्दर यादव, शोभा गिरीलगायतले चुरे संरक्षणमा आवश्यक पहल गर्न सरकारसँग माग गरेका थिए । सो अवसरमा समाजले नेपाल पिछडापर्व महासङ्घको विद्यार्थी सङ्गठनका अध्यक्ष प्रकाशमणि राउतलाई सम्मान गरेको थियो ।