७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह

टिकटकले तीन महिनामा २८ लाख २९ हजार भिडियो हटायो

टिकटकले तीन महिनामा २८ लाख २९ हजार भिडियो हटायो
अ+ अ-

भिडियो सेयरिङ एप टिकटकले आफ्ना प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण बनाउन निरन्तर प्रतिबद्धता जनाउँदै २०२५ तेस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ। जुलाईदेखि सेप्टेम्बर २०२५ सम्मको तथ्याङ्क समेटिएको यस रिपोर्टले टिकटकले आफ्ना कम्युनिटी गाइडलाइन्स विपरीत रहेका सामग्री पहिचान गर्न र हटाउन अपनाएका सक्रिय कदमहरूको विवरण प्रस्तुत गर्दछ, जसले विश्वव्यापी प्रयोगकर्तालाई सकारात्मक अनुभव सुनिश्चित गर्न मद्दत पुर्याएको छ।

यस तीन महिनाको अवधिमा नेपालमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घनका कारण कुल २,८२९,६१२ वटा भिडियो हटाइएका छन् । जुलाईदेखि सेप्टेम्बरसम्म सक्रिय रूपमा सामग्री हटाउने दर ९९.७ प्रतिशत रहेको छ, जसमध्ये ९८.० प्रतिशत भिडियो २४ घण्टाभित्र हटाइएका थिए।

विश्वव्यापी रूपमा, यस त्रैमासिकमा टिकटकले कुल २०४ मिलियन (२०४,५३४,९३२) भिडियो हटाएको छ, जुन यस प्लेटफर्ममा अपलोड भएका कुल कन्टेन्टको करिब ०.७ प्रतिशत हो। हटाइएका भिडियोहरूमध्ये १८६,६०८,०८१ भिडियो अटोमेटिक डिटेक्सन प्रविधिको प्रयोगमार्फत पहिचान गरी हटाइएका थिए भने थप रिभ्युपछि ८,९५०,७३५ भिडियो पुनःस्थापना गरिएका थिए। सक्रिय रूपमा हटाउने दर ९९.३ प्रतिशत रहेको थियो, जसमा ९४.८ प्रतिशत फ्ल्याग गरिएका कन्टेन्ट २४ घण्टाभित्र हटाइएको थियो। प्लेटफर्मको विश्वसनीयता कायम राख्न यस अवधिमा टिकटकले ११८,६१८,३९९ नक्कली अकाउन्ट हटाएको छ भने १३ वर्षभन्दा कम उमेरका हुन सक्ने आशङ्कामा थप २२,२२६,५४२ अकाउन्ट पनि हटाइएको छ।

रिपोर्ट अनुसार हटाइएका कुल भिडियोहरूमध्ये ३० प्रतिशतमा संवेदनशील वा वयष्क विषयवस्तु समेटिएका थिए, जुन टिकटकको कन्टेन्ट पोलिसीसँग मेल खाँदैन। थप १५.७ प्रतिशत भिडियोहरूले सुरक्षा र सभ्यतासम्बन्धी मापदण्ड उल्लङ्घन गरेका थिए भने २.७ प्रतिशतले गोपनीयता तथा सुरक्षासम्बन्धी गाइडलाइन उल्लङ्घन गरेका थिए। यसका अतिरिक्त, ३२.९ प्रतिशत भिडियो गलत सूचना (मिसइन्फर्मेशन) का रूपमा फ्ल्याग गरिएका थिए भने ३४.४ प्रतिशत हटाइएका भिडियो सम्पादन गरिएका वा एआईबाट सिर्जना गरिएका कन्टेन्टका रूपमा फ्ल्याग गरिएका थिए।

कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्टको नियमित प्रकाशनले कन्टेन्ट तथा अकाउन्ट सम्बन्धी कारबाहीको परिमाण र प्रकृतिबारे स्पष्ट जानकारी प्रदान गर्दछ, जसले पारदर्शिताप्रति टिकटकको प्रतिबद्धतालाई अझ बलियो बनाउँछ। Q3 2025 रिपोर्ट सम्बन्धी विस्तृत जानकारी तथा टिकटकका कन्टेन्ट गाइडलाइन, टुल्स र पोलिसीबारे जान्न टिकटकको ट्रान्सपेरेन्सी सेन्टर भ्रमण गर्न सकिन्छ।