१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरी–३ बाट एमालेकी भगवती चौधरी सिफारिस



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी निर्वाचन क्षेत्र नं. ३ बाट पुनः भगवती चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बसेको पार्टी सचिवालय बैठकले प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने क्रममा निवर्तमान सांसदसमेत रहेकी चौधरीलाई पुनः उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमाले प्रदेश कमिटीले यसअघि नै चौधरीलाई सो क्षेत्रका लागि एकल रूपमा सिफारिस गरेको थियो । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसका हेभिवेट उम्मेदवार विजयकुमार गच्छदारलाई पाँच हजारभन्दा बढी मतान्तरले पराजित गर्दै शानदार जीत हासिल गरेकी चौधरीलाई पुनः टिकट दिनुको प्रमुख आधार उनका कार्यसम्पादन, संसदमा देखाएको प्रभावकारी भूमिका र जनसेवाप्रतिको प्रतिबद्धता रहेको पार्टी स्रोतले जनाएको छ ।

महिला अधिकार, आर्थिक सशक्तिकरण तथा सामाजिक सेवामार्फत राजनीतिमा उदाएकी चौधरी नेकपा (एमाले) भित्र मात्र नभई राष्ट्रिय राजनीतिमा पनि साहसी, जुझारु र संघर्षशील नेतृका रूपमा परिचित छिन् । विद्यार्थी कालदेखि नै कम्युनिस्ट विचारधारा र स्वर्गीय जननेता मदन भण्डारीको व्यक्तित्वबाट प्रेरित भई राजनीतिमा सक्रिय भएकी उनले २०७० सालको दोस्रो संविधान सभा निर्वाचन र २०७४ सालको आम निर्वाचनमा कांग्रेसका विजयकुमार गच्छदारसँग निरन्तर प्रतिस्पर्धा गर्दै आफूलाई एक सशक्त नेतृका रूपमा स्थापित गरेकी हुन् ।