१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शहीदहरुप्रति प्रधानमन्त्रीले दिए श्रद्धाञ्जली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

शहीद दिवसको अवशरमा लैनचौरस्थित शहीद स्मारक पुगेर प्रधानमन्त्री ओलीले शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । देश र जनताका लागि आफ्नो जीवनको आहुति दिने शहीदहरुको सम्झना गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने अमर शहीदहरुप्रति भावप्रर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले जहानियाँ राणा शासन, निरंकुश पञ्चायती र राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गरी शहीदको आत्मबलिदान मार्फत सामाजिक न्याय, कानूनी शासन र जनाधिकारसहितको न्यायपूर्ण व्यवस्था प्राप्त भएको स्मरण गर्नुभएको छ ।

शहीदहरुको सम्मानमा बिहीबार बिहान रत्नपार्कको शान्तिबाटिकाबाट लैनचौर स्थित शहीद स्मारकसम्म प्रभातफेरी गरिएको थियो । प्रभातफेरीमा सरकारी उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायका ब्याण्ड टोली र मार्चपास सहितको टोलीको सहभागिता रहेको थियो ।