१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ज्येष्ठ नागरिकको सम्मान र संरक्षण राज्यको दायित्व’



अ+ अ-

गण्डकी। पोखरामा आज आयोजित एक कार्यक्रममा ज्येष्ठ नागरिकको सम्मान र संरक्षण राज्यको दायित्व भएकामा जोड दिइएको छ ।

पोखरा महानगरपालिका–३० शिशुवास्थित शिशुवा ज्येष्ठ नागरिक समाजको १४औँ वार्षिकोत्सव समारोहका वक्ताहरूले ज्येष्ठ नागरिकहरू समाजको जीवन्त इतिहास भएको बताउँदै उनीहरूका भोगाइ र अनुुभव नयाँ पुस्ताका लागि प्रेरणा हुने बताएका हुन् ।

प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल मोहोरियाका अध्यक्ष ऋषिराम जमकट्टेलले सन्तुष्टी र शान्तिपूर्ण जीवन नै ईश्वरीय आत्मप्राप्तिको आधार भएको धारणा राख्नुभयो ।

अस्पतालले ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर सेवा दिँदै आएको जानकारी गराउँदै उहाँले नियमित स्वास्थ्य परीक्षण तथा सेवा लिन आग्रह गर्नुभयो ।

शिशुवा अस्पतालका अध्यक्ष बाबुराम गिरीले ज्येष्ठ नागरिकको सम्मान र संरक्षणमा राज्यका साथै सबैको सामूहिक प्रयास आवश्यक हुने धारणा राख्नुुभयो । समाजमा संस्थागत रूपमा करिब ३०० को हाराहारीमा ज्येष्ठ नागरिक आबद्ध रहेको उहाँले जानकारी दिनुभयो । भजन, चुट्का तथा सांस्कृतिक कार्यक्रममार्फत आफ्नो परम्परा र संस्कार जोगाउने दायित्व ज्येष्ठ नागरिकको भएको बताउँदै उहाँले संस्कार संरक्षण केवल विगतको सम्झना नभई भावी पुस्तामा हस्तान्तरण गर्नुपर्ने साझा जिम्मेवारी भएकामा जोड दिनुभयो ।

पोखरा महानगरपालिका–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले समाजका संस्थापक टीकाराम वास्तोलालाई धन्यवाद दिँदै ज्येष्ठ नागरिक समाजको निरन्तरताले सामाजिक एकता मजबुत बनेको धारणा राख्नुुभयो ।

पत्रकार कविराज खनालले ज्येष्ठ नागरिक समाजका अगुवा भएकाले उनीहरुको दुःखसुखमा साथ दिन सबैमा आग्रह गनुुभयो ।

उक्त अवसरमा संस्थाको हित र विकासमा योगदान पु-याउने दामोदर लामिछाने, कृष्णप्रसाद ढुङ्गाना, बलराम थापा, सुरेन्द्र अधिकारी तथा कृष्णप्रसाद लामिछानेलाई सम्मान गरिएको थियो । रासस