१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो काँकडभिट्टामा गोप्रो क्यामेरा जडान आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारमन्त्री जगदीश खरेलले दिए राजीनामा



अ+ अ-

काठमाडौँ। अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिनुभएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने तयारी स्वरूप उहाँले राजीनामा दिनुभएको हो।

खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ललितपुर क्षेत्र नं. २ बाट निर्वाचन लड्ने सम्भावना रहेको चर्चा चलिरहेका बेला राजीनामा आएको हो । यसअघि प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन लड्ने इच्छा राख्ने मन्त्रीहरूलाई राजीनामा दिन सुझाव दिनुभएको थियो ।

सोही क्रममा ऊर्जामन्त्री कुलमान घिसिङ, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पनि राजीनामा दिनइसक्नुभएको छ । –न्युज एजेन्सी नेपाल