१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

युवाको रोजाइमा च्याउखेती

युवाको रोजाइमा च्याउखेती
अ अ+ अ-

पाल्पा । पाल्पामा विदेशबाट फर्केका युवाको च्याउखेतीमा आकर्षण बढ्न थालेको छ । युवाहरुले निस्दी गाउँपालिका वडा नं ५ गेझा, ढुङ्गानाबेँसी, वेलडाँडामा विभिन्न च्याउ फार्म सञ्चालन गरेर मनग्य आम्दानी गर्दै आएका छन् ।

निस्दी गेझाका पूर्णबहादुर पचभैंयाले च्याउ बिक्रीबाटै एक मौसममा करीब रु चारदेखि पाँच लाख आम्दानी गर्दै आएको बताउनुभयो । विसं २०६९ देखि कृषिमा लागेका पचभैंयाले केही वर्ष टमाटर, काउली बन्दालगायतका तरकारीखेती गरे पनि अहिले पछिल्लो समय यी तरकारी बिक्रीका लागि बजारको समस्या भएपछि च्याउखेती गरेको सुनाउनुभयो । उहाँले अहिले फार्ममा १० हजार गोला भएको र दैनिक उत्पादन भए बिक्रीमा सजिलो हुने बताउनुभयो ।

उहाँले अरु तरकारी खेतीभन्दा च्याउखेती गर्न र बिक्रीका लागि समेत सहज भएकाले च्याउखेती गरेको जानकारी दिनुभयो । शुरुमा गाउँका सात युवा मिलेर थालेको च्याउखेती अहिले तीन युवाले धानेको उहाँ बताउनुहुन्छ । गाउँमा तीन युवाले छुट्टाछुट्टै च्याउ फार्म सञ्चालन गरे पनि बिक्री तथा पराल खरीदलगायतका काममा भने सधैँ सहकार्य भएको पचभैंयाको भनाइ छ । पाल्पामा च्याउको बजारसमेत राम्रो रहेकाले कन्य र सिताके च्याउखेती गर्दै आएको उहाँले बताउनुभयो ।

करीब एक दर्जनको हाराहारीमा पाल्पामा व्यावसायिक तवरले कृषकले च्याउखेती गर्दै आएका छन् । बजारमा रु २०० देखि ७०० प्रतिकिलोमा बिक्री हुने च्याउ गल्धा गेझाका पचभैंयाले मोटरसाइकलमा बिक्रीका लागि निस्दी, रामपुरलगायत जिल्लाका विभिन्न ठाउँ, स्याङ्जा, तनहुँ र नवलपुरसम्म पु¥याउनुहुन्छ । निस्दीमा निस्दी किनारा कृषि फार्म सञ्चालन गरेका उहाँले एक दिनमा एक क्विन्टलभन्दा धेरै च्याउ बिक्री हुने जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रायः जाडो महिनामा मात्र गरिने च्याउखेती यसवर्षदेखि गर्मीमा पनि गर्ने सोच रहेको बताउनुभयो । जिल्लाका रामपुर नगरपालिका, तानसेन नगरपालिका, निस्दी, तिनाउ, रिब्दीकोट गाउँपालिकालगायतका क्षेत्रमा व्यावसायिकरूपमा युवाले च्याउखेती गर्दै आएका कृषि ज्ञान केन्द्रले जनाएको छ । रिब्दीकोट गाउँपालिकामा १६ युवाले मिलेर च्याउखेती गरेका छन् । निस्दीमा रहेका सारु फार्म, धर्तीमाता कृषि फार्मलगायतका फार्ममा अहिले च्याउखेतीसम्बन्धी सीप सिक्न, च्याउ खरीद गर्न नागरिक पुग्ने गरेका सञ्चालकको भनाइ छ ।

पाल्पाका शेरबहादुर सोतीलाई पनि यतिबेला च्याउ बिक्रीमा भ्याइनभ्याई भएको छ । विभिन्न मौसमी बेमौसमी तरकारी खेतीसँगै च्याउखेती थाल्नुभएका सोतीले च्याउ बिक्रीबाटै वर्षमा रु चार लाख कमाउने बताउनुभयो । “वहराइनमा दुई वर्ष काम गरेर दुःख पाएँ, कमाइ राम्रो भएन, अब कहिल्यै विदेश नजाने गरी तरकारी खेतीमा लागेको आठ वर्ष भयो”, उहाँले भन्नुभयो, “सीप सिकेर काम गरे विदेश नै जानुपर्छ भन्ने आवश्यक छैन ।”

रामपुरका बलबहादुर रानाले पनि विगत छ वर्षदेखि च्याउखेती गर्दै आउनुभएको छ । विदेशबाट फर्केपछि च्याउखेती थाल्नुभएका रानाले वेझाडमा च्याउगोठमा च्याउ उत्पादन गरी बिक्री वितरण गर्दै आएको बताउनुभयो । एक हजार २०० गोला राख्नुभएका रानाले प्रायः होलसेलमा रामपुरका बजारमा च्याउ बिक्री गर्ने बताउनुभयो ।