७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालविवाह नगराउने प्रतिबद्धता



अ+ अ-

दार्चुला । मालिकार्जुन गाउँपालिका–८ का हरीना धामीले आफ्नो छोरीको बालविवाह नगराउने प्रतिबद्धता गर्नुभएको छ । गाउँपालिकाले बालविवाह रोक्न बोलाएको छलफलमा सहभागी हुँदै धामीले छोरीको बिहे उमेर पुगेपछि मात्रै गराउने प्रतिबद्धता गर्नुभएको हो ।

नाबालक छोरीको बिहे हुन लागेको भन्दै शङ्करपुर माविमा गठित बालक्लबमा उजुरी परेपछि गाउँपालिकाले आमाबुबालाई छलफलका लागि बोलाएको थियो । यही माघ ९ गते बालक्लबले धामीकी १५ वर्षीया छोरीको महाकाली नगरपालिका–९ सकारका १५ वर्षीय बालकसँग गराउने तयारी भएको भन्दै बालविवाह रोक्न गाउँपालिकालाई पत्राचार गरेको थियो ।

बालक्लबका अध्यक्ष दीपक धामीका अनुसार बालिकाले आफ्नो बिहे जबर्जस्ती आमाले गर्न खोजेको भन्दै सो क्लबमा खबर गर्नुभएको थियो । बालिकाको बिहे जबर्जस्ती गराउने खबर पाएपछि आफूहरुले बालसञ्जाल समितिमा निवेदन दिएको उहाँले बताउनुभयो । बालिकाको आगामी वैशाखमा बिहे गराउने तयारी थियो ।

बालिकाकी आमा हरिनाले केटा पक्षबाट छोरी माग्न आएको स्वीकार गर्दै बिहे गराउने मिति भने तय नभएको बताउनुभयो । “छोरी माग्न आएकै हुन्, तर छोरी दिने सहमति भएको थिएन”, बैठकमा उहाँले भन्नुभयो, “छोरीको उमेर पुगेको छैन, अहिले कक्षा ७ मा अध्ययनरत छ, म छोरीको बिहे उमेर पुगेपछि मात्रै गराउने प्रतिबद्धता गर्छु ।”

गाउँपालिकाले बालविवाह अन्त्यका लागि स्थानीय रणनीति २०७६ तयार गरेको छ । गाउँपालिकाभित्र बालविवाह अन्त्य गर्ने लिइएको लक्ष्यअनुसार बालविवाह गर्न नहुने भन्दै अहिले बालक्लब सक्रिय भएको क्लबका अध्यक्ष धामीले बताउनुभयो । गाउँपालिकाले विसं २०७८ भित्र बालविवाह मुक्त गाउँपालिका घोषणा गर्ने गरी रणनीति बनाएको छ । गाउँपालिकाले ‘बालविवाह मुक्त बालबालिका, समृद्ध गाउँपालिका’ भन्ने मूल नाराका साथ अभियान थालनी गरेको छ । मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १७३ ले बिहे गर्ने उमेर २० वर्ष तोकेको छ ।