१ असार २०८३, सोमबार
,
Latest
कञ्चनपुरमा ‘एन्फा कम्युनिटी कोर्स’ सुरु डिएनए परीक्षणका लागि कानुनी व्यवस्था तत्काल बनाउन विज्ञहरूको सरकारलाई सुझाव बढ्दो मानव–हात्ती द्वन्द्वः न्यूनीकरणका लागि तत्काल प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना हाेः राष्ट्रपति पाैडेल प्रतिनिधिसभाः सांसदद्धारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका विषय उठान यार्सा उत्पादनमा ६० प्रतिशत गिरावट आयो, हिमाली अर्थतन्त्र सङ्कटमा छः सांसद बुढा झापामा जंगली हात्तीको वितण्डाः संसदमा सांसद डाँगीद्वारा सरकारको ध्यानाकर्षण लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन स्वास्थ्य मन्त्री मेहता र जर्मन प्रतिनिधिमण्डलबिच शिष्टाचार भेट, स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारबारे छलफल प्रतिनिधिसभाका ४ सांसदको समिति हेरफेर
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालविवाह नगराउने प्रतिबद्धता



अ+ अ-

दार्चुला । मालिकार्जुन गाउँपालिका–८ का हरीना धामीले आफ्नो छोरीको बालविवाह नगराउने प्रतिबद्धता गर्नुभएको छ । गाउँपालिकाले बालविवाह रोक्न बोलाएको छलफलमा सहभागी हुँदै धामीले छोरीको बिहे उमेर पुगेपछि मात्रै गराउने प्रतिबद्धता गर्नुभएको हो ।

नाबालक छोरीको बिहे हुन लागेको भन्दै शङ्करपुर माविमा गठित बालक्लबमा उजुरी परेपछि गाउँपालिकाले आमाबुबालाई छलफलका लागि बोलाएको थियो । यही माघ ९ गते बालक्लबले धामीकी १५ वर्षीया छोरीको महाकाली नगरपालिका–९ सकारका १५ वर्षीय बालकसँग गराउने तयारी भएको भन्दै बालविवाह रोक्न गाउँपालिकालाई पत्राचार गरेको थियो ।

बालक्लबका अध्यक्ष दीपक धामीका अनुसार बालिकाले आफ्नो बिहे जबर्जस्ती आमाले गर्न खोजेको भन्दै सो क्लबमा खबर गर्नुभएको थियो । बालिकाको बिहे जबर्जस्ती गराउने खबर पाएपछि आफूहरुले बालसञ्जाल समितिमा निवेदन दिएको उहाँले बताउनुभयो । बालिकाको आगामी वैशाखमा बिहे गराउने तयारी थियो ।

बालिकाकी आमा हरिनाले केटा पक्षबाट छोरी माग्न आएको स्वीकार गर्दै बिहे गराउने मिति भने तय नभएको बताउनुभयो । “छोरी माग्न आएकै हुन्, तर छोरी दिने सहमति भएको थिएन”, बैठकमा उहाँले भन्नुभयो, “छोरीको उमेर पुगेको छैन, अहिले कक्षा ७ मा अध्ययनरत छ, म छोरीको बिहे उमेर पुगेपछि मात्रै गराउने प्रतिबद्धता गर्छु ।”

गाउँपालिकाले बालविवाह अन्त्यका लागि स्थानीय रणनीति २०७६ तयार गरेको छ । गाउँपालिकाभित्र बालविवाह अन्त्य गर्ने लिइएको लक्ष्यअनुसार बालविवाह गर्न नहुने भन्दै अहिले बालक्लब सक्रिय भएको क्लबका अध्यक्ष धामीले बताउनुभयो । गाउँपालिकाले विसं २०७८ भित्र बालविवाह मुक्त गाउँपालिका घोषणा गर्ने गरी रणनीति बनाएको छ । गाउँपालिकाले ‘बालविवाह मुक्त बालबालिका, समृद्ध गाउँपालिका’ भन्ने मूल नाराका साथ अभियान थालनी गरेको छ । मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १७३ ले बिहे गर्ने उमेर २० वर्ष तोकेको छ ।




भर्खरै