७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रम र लग्जेम्बर्गका विदेशमन्त्रीबीच व्यापार र लगानी विषयमा छलफल



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहनुभएका लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्नबीच व्यापार, लगानी र प्रविधि हस्तान्तरणलाई द्विपक्षीय हितमा उपयोग गर्नुपर्ने, युरोपेली सङ्घमार्फत नेपाललाई प्राप्त हुँदै आएको सहयोगलगायत विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पु¥याउनुपर्ने, व्यापार, लगानी र प्रविधि हस्तान्तरणलाई द्विपक्षीय हितमा उपयोग गर्नुपर्ने, युरोपेली सङ्घमार्फत नेपाललाई प्राप्त हुँदै आएको सहयोगलगायत विषयमा छलफल भएको भेटमा सहभागी मन्त्रालयका सहसचिव निर्मलराज काफ्लेले जानकारी दिनुभयो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले संविधान निर्माणपछि नेपालमा राजनीतिक स्थायित्व कायम भएको बताउँदै व्यापार र लगानीका लागि आह्वान गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले दिगो विकासको लक्ष्य हासिल गर्ने, अतिकम विकसित मुलुकबाट स्तरोन्नतिलगायत नेपालका आगामी कार्यदिशाका बारेमा जानकारी गराउँदै सहकार्यका लागि जोड दिनुभएको थियो । विदेशमन्त्री एसलवर्नले साझा हितका आपसी विषयमा सहकार्यका तयार रहेको बताउनुभएको सहसचिव काफ्लेले जानकारी दिनुभयो । विदेशमन्त्री एसलवर्न नेपालको दुईदिने औपचारिक भ्रमणका लागि बिहीबार नेपाल आउनुभएको हो । भ्रमण सम्पन्न गरी उहाँ आजै स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।