१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

जनसंख्याको आधारमा खानेपानी तथा सरसफाईको जिम्मेवारी बाँडफाड गर्न हुँदैन

जनसंख्याको आधारमा खानेपानी तथा सरसफाईको जिम्मेवारी बाँडफाड गर्न हुँदैन
अ अ+ अ-

काठमाडौं । सांसदहरुले जनसंख्याको आधारमा खानेपानी तथा सरसफाईको जिम्मेवारी बाँडफाड गर्न नहुने अडान लिएका छन् ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको सोमबारको बैठकमा सांसदहरुले जनसंख्याको आधारमा खानेपानी तथा सरसफाईको जिम्मेवारी संघ, प्रदेश र स्थानीय तहमा बाँडफाड गर्न नहुने अडान लिएका हुन् । खानेपानी तथा सरसफाई विधेयक, २०७६ को दफावार छलफलको क्रममा सांसदहरुले जनसंख्यालाई आधारमा बनाएर आधारभूत खानेपानी तथा सरसफाइ सेवाबाट कसैलाई पनि वञ्चित गर्न नहुने बताएका छन् ।

हाल छलफलको क्रममा रहेको उक्त विधेयक अनुसार ठूला तथा जटील प्रकृतिका आयोजना, बैदेशीक लगानीमा निमार्ण हुने आयोजना, एक प्रदेश भन्दा बढीसँग सम्बन्धीत आयोजना केन्द्रीय सरकारले गर्ने, तोकिएको बमोजिम लागत अनुमान वा जनसंख्यालाई खानेपानी तथा सरसफाईको व्यवस्था गर्ने जीम्मेवारी प्रदेश सरकारलाई र आधारभूत खानेपानी तथा सरसफाईको सेवा पुर्याउने जिम्मा स्थानीय तहलाई दिइएको छ ।

सांसदहरुले जनसंख्याको आधारमा जिम्मेवारी बाँडफाड गर्दा समस्या हुने भन्दै खानेपानी तथा सरसफाईको सुविधा सबै क्षेत्रमा पु¥याउनु पर्ने बताएका छन् । सांसद गणेशकुमार पाहाडीले हिमाली तथा पहाडी क्षेत्रमा जनसंख्या पाँच हजार तोकियो भने जनसंख्याको सिलिङले गर्दा आयोजना नबन्ने परिस्थिति सिर्जना हुन सक्ने बताउनुभयो ।

सांसद रामबहादुर विष्टले हिमाली र पहाडी क्षेत्रमा खानेपानीको सुनिश्चितता गर्नेगरी व्यवस्था गर्ने र तराई तथा सहरी क्षेत्रमा जनसंख्या तोकेर जान सकिने बताउनुभयो ।

सांसद दुर्गा पौडेलले पहाडी र हिमाली जिल्लामा दुई चार वटा गाउँपालिकालाई एकैठाउँमा राख्दा त जनसंख्या पुग्न नसक्ने अवस्था रहेको र त्यहाँ पानी नदिनको निम्ति जनसंख्या तोकिएको बताउनुभयो ।

बैठकमा खानेपानी सचिव माधव बेल्बासेले जानसंख्या तोकिएपनि खानेपानीको पहुँच मौलिक हक भएकाले स्थानीय तह र प्रदेश सरकार जान नसक्ने ठाउँमा संघीय सरकार गएर सेवा दिन सक्ने बताउनुभयो । उहाँले जनसंख्याको विकल्प अरु केही छ भने पनि कुनै समस्या नहुने बताउनुभयो । उहाँले आयोजनाहरु नदोहोरिउन र नछुटुन भन्ने हिसाबले र अधिकतम स्रोतको परिचालनका लागि जनसंख्या तोकिएको बताउनुभयो ।

सरकारले प्रत्यक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइको पहँुचको अधिकार सुनिश्चित गर्न भन्दै खानेपानी तथा सरसफाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ल्याएको हो । विधेयकको परिच्छेद ३ दफा ८ मा खानेपानी तथा सरसफाईको जिम्मेवारी तथा दायित्व नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको हुने उल्लेख गरिएको छ ।