१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

‘सांसदहरुले मर्यादित बनेर जवाफ दिनुपर्छ’

‘सांसदहरुले मर्यादित बनेर जवाफ दिनुपर्छ’
अ अ+ अ-

काठमाडौं । सांसदहरुले सार्वजनिक लेखा समितिमा जवाफ दिन आउँदा समितिको मर्यादा राख्न नेपाल ट्रष्टका सहसचिव राजेश्वर ज्ञवालीलाई सचेत गराएका छन् ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा जवाफ दिने क्रममा सांसदहरुले मर्यादित बनेर जवाफ दिन सचेत गराएका हुन् । नेपाल ट्रष्टका सहसचिव ज्ञवालीले ट्रष्टले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, उच्च अदालत लगायत समितिमा समेत जवाफ दिन उपस्थित भएको बताउँदै कसले हेरेको कुरा सही मान्ने भन्ने प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्लिन चिट दिएको अवस्था हो र हामीले अर्को अहिले अदालतमा चाहिं उच्च अदालतमा मुद्दा दिन लाएको अवस्था हो अब अहिले यहाँ पनि जवाफ दिइरहेको अवस्था हो हामी पटक पटक जहाँ बोलाएपनि जवाफ दिइरहेका छौं कसले हेरेको चिजलाई सही मान्ने कुरामा एउटा प्रश्न पनि म यहाँ राख्न चाहन्छु र विषयका कुराहरु हेर्दा नेपाल ट्रष्टको कार्यालयले मौजुदा नियमलाई कानूनलाई मानेको छ जुन माननिय ज्यूहरुले बनाई दिनु भएको हो हिजो यहाँहरुले पास गरेको कानून २०७५ साल फागुनमा त्यो कानून आउने बेलामा यहाँहरुले त्यहीबेला विचार गरिदिनु भएको भए यो कानून हुन्थेन होलानी हामी त कर्मचारी हो कानूनका धारा र दफामा टेकेर काम गछौं ।’

यस सँगै समिति सभापति भरतकुमार शाहले अन्य संस्थाहरुले के भने थाहा नभएको तर समितिको मर्यादा राखेर आउन सचेत गराउनु भयो । उहाँले भन्नुभयो ‘तपाईलाई यति पनि थाहा हुनुपर्ने हो खर्च सम्बन्धी ऐनले के व्यवस्था गरेको छ भने महालेखाले ल्याएको बेरुजुको उपर लेखा समितिले छलफल गरी संसदमा पेस गरे त्यो अन्तिम हुने छ त्यसको उपर सर्वोच्च अदालत बाहेक अरुले काटन सक्दैन त्यति पनि थाहा होला अरु संस्थाले के भने भन्ने मलाई थाहा छैन र त्यो पढेर आउनु होला जवाफ दिनलाई पनि त्यस कारणले लेखा समितिमा आउँदा खेरी पाढेलेखेर आउनुहोला ।’

समिति सभापति शाहले ऐन नै पढेर सुनाउँदै समितिमा आउँदा बुझेर आउन सहसचिव ज्ञवालीलाई सचेत गराउनुभयो ।

सांसद डा. मिनेन्द्र रिजालले समितिमा अन्तिम भाषण दिन्छु भनेर नसोच्न आग्रह गर्नुभयो । उहाँले समितिमा बोलेका हरेक प्रस्तुतिको महत्व हुने बताउँदै समितिको मर्यादा राखेर उत्तर दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ‘सभापति महोदय मार्फत मैले अनुरोध गर्छु तपाईहरु जवाफ दिन बस्नु भएको छ लेखा समितिलाई, अन्तिम भाषण ठोकेर दिन्छु भनेर सोच्ने नगर्नुहोला तपाईहरुले अहिले दिएको जवाफको पनि अघि सुरुमा बोलेको प्रस्तुतिसँग बराबर महत्व छ र बराबरी नै त्यस्तै किसिमले आफ्नो निर्णय ग¥यो भने त्यसलाई यत्तिकै ध्यान दिन जरुरी छ त्यसैले संसदको समितिको मर्यादा ध्यानमा राखेर उत्तर दिनुहोला ।’

सांसद रिजालले भन्नुभयो ‘गोकर्ण रिसोर्टका लागि २०१९ मा २०२५ मा समाप्त हुने लिज अवधि सम्झौता गर्नुप¥यो कुन आधार छ मैले अहिले बुझ्न सकेको छैन आधार त चाहियो नि के काम गर्नका लागि ६ वर्षमा कसरी त्यो सम्पत्तिलाई व्यवस्थित गर्नलाई ६ वर्ष अगाडि लिज नदिने हो भने कोही पनि आउँदैन भन्ने आधार के हो ।’ उहाँले गणतन्त्र ल्याएर पूर्व राजाको सम्पत्ति सिमति व्यक्तिले फाइदा लिन प्रयोग भएको र यस विषयमा समितिले छानविन गर्नुपर्ने बताउनुभयो ।

सांसद राजेन्द्रकुमार केसीले ६ वर्ष अघि नै सम्झैता गर्नुले गलत मनसाय मार्फत निर्णय भएको बताउनुभयो । उहाँले यस्तो निर्णय गर्ने अधिकार नेपाल ट्रष्टलाई नभएको समेत बताउनुभयो । उहाँले भन्नुभयो ‘दरवार मार्गकै सन्दर्भमा २०७३ सालमा प्रस्ताव भयो अव ०७५ मा आएर स्वीकृति गर्ने त्यो हुन्छकी हुँदैन प्रस्तावको पनि ३० दिन को कुरा होला टेक्नीकल समितिलाई अर्को १५÷२० दिन चाहिएला, टेक्नीकल समितिले ६ र्अ भनिसकेपछि त्यसलाई वेवास्ता गरेर फेरी उल्ट्याउने अधिकार पनि भयो २०७३ सालको कुरा ०७६ सालमा तीनतीन वर्ष रोकेर फेरी त्यसलाई स्वीकृति गर्ने भनेको गलत मनसाय देखिन्छ ।’

सांसद तेजुलाल चौधरीले नेपाल ट्रष्टको जग्गा मूल्याङ्कन अनुसार नभई टेबुलमुनिबाट काम भएको भन्दै छानविन गर्नुपर्ने बताउनुभयो । उहाँल्े भन्नुभयो ‘यो ट्रष्टको जग्गाहरु विस्तारै विस्तारै शेयरको नामबाट विभिन्न किसिमको नामबाट विभिन्न किसिमको नामबाट समाप्त गर्ने हो की कब्जा गर्ने हो की तयस कारणले यतातिर ध्यान दिन मैलै सम्पूर्ण साथिहरुलाई आग्रह गरेर यसलाई छाविन गर्नको लागि माननियव्यहरुको संयोजकत्वमा गठन होस भन्ने माग गर्न चहन्छु ।’

बैठकमा प्रधनमन्त्री कार्यालयका सचिव नारायण प्रसाद विडारीले समितिमा उठेका जिज्ञासा तथा प्रश्नहरुको पष्ट जवाफ नआएको स्वीकार गर्दै आफुलाई थप अध्ययन गरेर आउन दिन आग्रह गर्नुभयो ।

बैठकमा दरवारमार्ग,गोकर्ण, पोखरा र चितवनस्थित नेपाल ट्रष्टको जग्ग भाडामा दिएको सम्बन्धमा छलफल भएको हो । छलफलमा सांसदहरुले दरबारमार्गको जग्गाको कम मूल्यांकन भएको, गोकर्ण रिसोर्टको सम्झौता ६ वर्ष अघिनै नविकरण गरिएको भन्दै ट्रष्टका सहसचिवसँग प्रश्न गरेका थिए ।