३ भाद्र २०८३, बुधबार
,
Latest
सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने अन्तरिक्ष प्रविधिमा चीनको नयाँ सफलताः ‘जुके–३’ रकेटको पहिलो खण्ड जमिनमा सफल अवतरण खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला कावुलको एक विद्यालय बाहिर विस्फोट, धेरै विद्यार्थी घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिस गेल क्रिकेट खेल्न नेपाल आउने



अ+ अ-

काठमाडौं । वेस्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेल नेपाल आउने भएका छन्। एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिताका खेल्न गेल नेपाल आउने भएका हुन् ।

क्रिस गेल इपिएल टिम पोखरा राइनोजमा आबद्ध भएको इपिएलले बिहीबार सार्वजनिक गरेको हो।

टी-२० क्रिकेटका ‘युनिभर्सल बोस’ को उपमा पाएका गेल आगामी चैतमा कीर्तिपुरस्थित त्रिवि मैदानमा प्रतियोगिता खेल्न आउन लागेका हुन्।

उनले नेपाल आउन पाउदा उत्साहित भएको बताउँदै आफ्नो टिमलाई समर्थन गर्न आग्रह गरेका छन्।

उनले आफ्नो धमाका हेर्नका लागि नेपाली समर्थकलाई तयार रहन आग्रह गरेका छन्। उनले आफ्नो प्रदर्शनले प्रतियोगिता थप रोमाञ्चक हुने समेत बताए।