१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘गोबर गणेश’लाई दर्शकको सकारात्मक प्रतिक्रिया



अ+ अ-

काठमाडौं । मरिचमान श्रेष्ठको निर्देशन रहेको चलचित्र ‘गोबर गणेश’ले राम्रो प्रतिक्रिया पाइरहेको छ । चलचित्रको कथावस्तुको दर्शकले तारिफ गरिरहेका छन् ।

माघ १ गतेबाट प्रदर्शनमा आएको सिनेमाले राम्रो वर्ड अफ माउथ पाएकाले निर्माण टिम हलमा दर्शकको संख्या उल्लेख्य बढ्नेमा ढुक्क छ ।

हलमा पुगेका दर्शकले चलचित्र आफ्नै घरको कथा जस्तै लागेको बताइरहेका छन् । हरेक निम्नमध्यम बर्गीय परिवारको घरको कथा चलचित्रले उठाएको दर्शकको प्रतिक्रिया छ ।

“चलचित्र हेर्ने दर्शकले मेरो आफ्नै घरको कथा हेरेको जस्तो लाग्यो भनिरहनु भएको छ,” निर्देशकसमेत रहेका चलचित्रका मुख्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ले भने, “हाम्रो आफ्नै घरको कथा सिनेमामा पाएको भनेर दर्शकले भनिरहेकाले दर्शकको चाप हलमा थप बढ्दै जानेमा म ढुक्क छु ।”

बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा बल्छीसँगै, वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत छन् ।

तारानाथ न्यौपाने चिफ एडी रहेको चलचित्रमा योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहेको छ ।

टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहेको चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । नेपालमा यो चलचित्रलाई श्री ब्याकटेस इन्टरटेनमेन्टले वितरण गरेको हो ।