१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

विश्व स्वास्थ्य संगठनको आग्रह – ‘कोराना भाइरस विरुद्धको तयारीमा केन्द्रित हुनुहोस्’

विश्व स्वास्थ्य संगठनको आग्रह – ‘कोराना भाइरस विरुद्धको तयारीमा केन्द्रित हुनुहोस्’
अ अ+ अ-

नयाँ दिल्ली । विश्व स्वास्थ्य संगठनको दक्षिण-पूर्वी एसिया क्षेत्रीय कार्यालयले यस क्षेत्रका राष्ट्रहरूलाई नयाँ कोरोना भाइरसको संक्रमण भित्रिएमा छिटो भन्दा छिटो पहिचान गर्न र यसलाई फैलन नदिनका लागि सतर्क रहनुका साथै आवश्यक तयारी बढाउन अनुरोध गरेको छ ।

“नयाँ कोरोना भाइरसबारे हामीलाई जे जति कुरा थाहा छ त्यसलाई मध्यनजर गर्दै सबै प्रयासहरू यस भाइरस विरुद्धको तयारीमा केन्द्रित गर्ने बेला आएको छ,” संगठनका दक्षिण-पूर्वी एसिया क्षेत्रकी क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहले भन्नुभयो ।

यो एउटा नयाँ भाइरस भएकाले हामीलाई यसबारे धेरै कुरा थाहा हुन बाँकी नै छ, क्षेत्रीय निर्देशकले भन्नुभयो । यसमा थप्दै उहाँले भन्नुभयो, डब्लूएचओले विश्वव्यापी रूपमा संक्रमण पत्ता लगाउन, परीक्षण गर्न, संक्रमणको चिकित्सकीय व्यवस्थापन गर्न, भाइरस संक्रमणको आशंका गरिएका व्यक्तिहरूलाई स्वास्थ्य संस्था वा घरमा हेरचाह गर्दा संक्रमण रोकथाम तथा नियन्त्रण गर्न र भाइरसको संक्रमण न्यूनीकरण गर्ने उपायसहितको अन्तरिम मार्गदर्शनहरू तयार पारेको छ ।

प्रयोगशालाको नमूना सङ्कलन गरी पठाउने तथा निदान गर्ने लगायतका निदानसम्बन्धी क्षमताहरूको समीक्षा गरी उक्त क्षमता अभिवृद्धि गर्नेस संक्रमणको व्यवस्थापन, नमूना सङ्कलन तथा स्थानान्तरण र संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न आवश्यक तालिम दिने जनसमुदायमा यस संक्रमणका जोखिम र अपनाउनु पर्ने सावधानीबारे जनचेतना फैलाउने कार्यलाई प्राथमिकतामा राख्दै यी मार्गदर्शनहरू अभ्यासमा ल्याउन संगठनले यस क्षेत्रका राष्ट्रहरूसँग सहकार्य गरिरहेको छ।

यो प्रकोप सुरु भएदेखि नै क्षेत्रीय निर्देशक डा. खेत्रपाल सिंह सदस्य राष्ट्रका स्वास्थ्य मन्त्रीहरूसँग सम्पर्कमा रहँदै आउनुभएको छ । गत हप्ता डा. खेत्रपाल सिंहले यी राष्ट्रहरूले गरेको तयारी र संगठनले यी राष्ट्रहरूलाई प्रदान गरिरहको सहायताबारे जानकारी लिनुभएको थियो ।

संगठनका दक्षिण/पूर्वी एसिया क्षेत्रका दुई राष्ट्रहरू, थाइल्याण्ड र नेपालले त्यहाँ केही व्यक्तिहरूमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको कुरा पुष्टि गरिसकेका छन् ।

संगठनले यस रोगको निगरानी, इपिडिमियोलोजी, मोडलिङ, निदान, चिकित्सकीय स्याहार तथा उपचार तथा संक्रमणको पहिचान, व्यवस्थापन तथा नियन्त्रण गर्ने अन्य उपायहरू खोज्ने कार्यमा अनुसन्धानकर्ता र अन्य विज्ञहरूसँग विश्वव्यापी रूपमा सहकार्य गरिरहेको छ।

गत हप्ता बसेको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमनको आपतकालीन समितिको बैठकले नोवेल कोरोना भाइरस-२०१९ भनिने नयाँ कोरोना भाइरसलाई अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य सङ्कट (पीएचईआईसी) घोषणा नगरे पनि यसको जोखिम “उच्च” रहेको आकलन गरेको थियो ।

डा. खेत्रपाल सिंहले “यस भाइरसको संक्रमण नियन्त्रण गर्न र यसलाई थप फैलन नदिन हामी सतर्क र तयारी अवस्थामा रहनुपर्छ” भन्ने कुरालाई जोड दिँदै संगठनले विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको र भाइरस भित्रिएमा त्यससँग जुध्नका लागि आवश्यक तयारी बढाउन तथा अन्तराष्टिय स्वास्थ्य नियमनले सुझाएका मूलभूत उपायहरूको कार्यान्वयनमा सदस्य राष्ट्रहरूसँग मिलेर काम गर्न संगठन प्रतिबद्ध रहेको कुरा बताउनुभयो ।