१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह जलवायु संकटको कारण नेपाल होइन, असर भने नेपालीले भोगिरहेका छन् : निरज आचार्य बाढीपहिरोपछि काठमाडौंमा ग्यास अभाव, हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास पठाइने बाढी र पहिराबाट  सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित संसदमा प्रधानमन्त्रीको सम्बोधनः विपद् उद्धारमै सिमित, जलवायु न्यायको मुद्दा आझेलमा  मुग्लिन–नारायणगढ सडकखण्डमा साना ढुंगा खसे, सडक डिभिजनले सतर्क रहन आग्रह मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, आज पनि उत्कृष्ट सुरुआत रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल वायुसेवा निगमका महाप्रबन्धक पदका लागि १० उम्मेदवार सर्टलिस्ट



अ+ अ-

काठमाडौँ — नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को रिक्त महाप्रबन्धक पदमा नियुक्तिका लागि प्रतिस्पर्धात्मक प्रक्रियाअन्तर्गत १० जना उम्मेदवार सर्टलिस्ट भएका छन्।

निगमको महाप्रबन्धक छनोट कार्यविधि, २०८२ बमोजिम खुला प्रतिस्पर्धाबाट आवेदन दिएका १६ जनामध्ये न्यूनतम शैक्षिक योग्यता र अनुभव पूरा गरेका उम्मेदवारहरूलाई वर्णानुक्रम अनुसार सर्टलिस्ट गरिएको निगमले जनाएको छ।

सर्टलिस्ट हुने उम्मेदवारहरूमा मोरङका उपेन्द्र बहादुर कार्की, झापाका टंकनिधि दाहाल, कास्कीका डा. दीपक प्रसाद बास्तोला, काठमाडौंका दिपुराज ज्वारचन, बैतडीका डा. भिम बहादुर चन्द, गुल्मीका योगराज कँडेल शर्मा, लमजुङका विष्णु बाबु मिश्र, डडेल्धुराका वेद प्रसाद उप्रेती, सिरहाका संजय कुमार सिंह र सोलुखुम्बुका सन्तुष्ट कुमार बस्नेत रहेका छन्।

निगमका अनुसार सर्टलिस्ट भएका उम्मेदवारहरूले आफ्नो व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता दिनुपर्नेछ।

नेपाल वायुसेवा निगमले महाप्रबन्धक छनोट प्रक्रिया पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन कार्यविधिअनुसार अगाडि बढाइएको जनाएको छ।