१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी

प्रतिनिधिसभा निर्वाचन भयरहित बनाउन सशस्त्रलाई निर्देशन

प्रतिनिधिसभा निर्वाचन भयरहित बनाउन सशस्त्रलाई निर्देशन
अ अ+ अ-

काठमाडौँ। गृहसचिव राजकुमार श्रेष्ठले विषम परिस्थितिमा आवश्यकताअनुरुप स्थापना भएको सशस्त्र प्रहरी बल नेपालले छोटो अवधिमा देश र जनताको सुरक्षामा उल्लेख्य कार्यहरु गर्न सफल भएको बताउनुभएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकको निरीक्षण भ्रमणका क्रममा आज गृहसचिव श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालले आफ्नो व्यवस्थापकीय सुधारात्मक कार्य प्रभावकारी ढङ्गमा गर्दै आइरहेको बताउनुभयो ।

उहाँले सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व सङ्कलनमा सहयोग तथा विपद् व्यवस्थापनको क्षेत्रमा कार्यगरी सीमा सुरक्षामा निर्वाह गर्दै आएकाले भूमिका उत्कृष्ट र प्रशंसनीय रहेको बताउनुभयो ।

गृहसचिव श्रेष्ठले यसलाई थप सशक्त बनाउन फिल्डमा परिचालित सशस्त्र प्रहरी कर्मचारीहरुले राजस्व चुहावट नियन्त्रण कार्यलाई समेत त्रुटिरहित ढङ्गमा निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापनका क्षेत्रमा समेत अग्रपङ्क्तिमा रही कार्य गर्दै आएको र सशस्त्र प्रहरी बल नेपाललाई विपद् व्यवस्थापन तथा सीमा सुरक्षामा आवश्यक स्रोतसाधनको उपलब्धतामा आवश्यक पहल गर्ने बताउनुुभयो ।

सुरक्षा चुनौतीको समाधानका लागि प्रभावकारी योजना तथा एकीकृत निर्वाचन सुरक्षा योजनाअनुरुप प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण तवरमा सम्पन्न गर्न गृहसचिव श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालमा कार्यरत सम्पूर्ण कर्मचारी उच्च मनोबलका साथ परिचालित हुनुपर्ने बताउनुभयो । सोही अवसरमा उहाँले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा विपद् उद्धारमा प्रयोग हुने सामग्रीको समेत अवलोकन गर्नुभएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी आफ्नो कर्तव्य पथमा प्रभावकारी रुपमा परिचालित हुन प्रतिबद्ध रहेको बताउँदै विद्यमान सुरक्षा चुनौतीको शान्तिपूर्ण समाधानसहित नागरिकको जनविश्वास हासिल गरी आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशनसमेत दिनुभयो ।

उहाँले सीमामा बसोबास गर्ने नागरिकको सुरक्षा र सीमा क्षेत्रको विकास भएमा मात्र सीमा सुरक्षा प्रभावकारी हुने हुँदा सशस्त्र प्रहरी बल नेपालले सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमअन्तर्गत सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दालाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।­­­ ­­­रासस