१७ श्रावण २०८३, आईतवार
,
Latest
मिसन एशियन गेम्सः आगामी पुस्तालाई प्रोत्साहित गर्न जुट्दै स्केटर शरद र गजेन्द्र ‘ब्रड पिक’ हिमपहिरो नेपालको पर्वतारोहणको इतिहासको दुःखद अन्त्यः महासचिव पोखरेल सुनचाँदीको मूल्य घट्यो लुम्बिनीमा गहुँको छालिबाट कलात्मक सामग्री निर्माण तालिमः खेर जाने वस्तुबाट आत्मनिर्भर बन्दै स्थानीय महिला देशमा अब धार्मिक द्वन्द्व देखिनु हुँदैन,सबै मिलेर बस्नुपर्छः गृहमन्त्री इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी ब्रड पिक हिमपहिरोमा निधन भएका ६ नेपालीप्रति एमालेद्वारा श्रद्धाञ्जली  नक्कली उत्पादन बिक्री–वितरण रोक्न मन्त्री यादवको निर्देशन, सयभन्दा बढी शंकास्पद वस्तु नियन्त्रणमा लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ सिरहाको गोलबजारमा कर्फ्यु खुकुलो, बिहान १० बजेदेखि साँझ ७ बजेसम्म आवतजावत खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा त्रिदेशीय ‘आर्ट फर पिस’ कला प्रदर्शनी



अ+ अ-

काठमाडौँ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, समसामयिक चित्रकला विभाग र बङ्गलादेश आर्टिस्ट गु्रपको संयुक्त आयोजनामा आजदेखि ‘आर्ट फर पिस’ विषयक त्रिदेशीय अन्तरराष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र बङ्गलादेश आर्टिस्ट गु्रपका प्रेसिडेन्ट साइफुल इस्लामले प्रदर्शनीको आज यहाँ उद्घाटन गर्नुभयो ।

कुलपति हार्तम्छालीले प्रदर्शनीले नेपाल, भारत र बङ्गलादेशको कलालाई बुझ्न थप सहयोग गर्ने र आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । विशेष अतिथि पूर्वकुलपति किरण मानन्धरले वैश्विक परिस्थिति विचार गरी शान्तिको विषय उठान गरिएको प्रदर्शनीको सन्देश महत्त्वपूर्ण रहेको बताउनुभयो ।

प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय वान्तवा राईले प्रदर्शनीको विषयवस्तु शान्तिका लागि कला मात्र नभई संसारका लागि सन्देशसमेत भएको उल्लेख गर्नुभयो । उहाँले प्रदर्शनीमा तीन देशका संस्कृति, समाज र अनुभवसँग जोडिएर कलाकारले सिर्जना गरेका कलाकृति समावेश गरिएको बताउनुभयो ।

बङ्गलादेश आर्टिस्ट गु्रपका प्रेसिडेन्ट इस्लामले नेपालमा आर्ट फर पिस विषयमा गरिएको प्रदर्शनी भविष्यमा अन्य देशमा पनि गर्न सकिने बताउँदै प्रदर्शनीमा सहभागी सम्पूर्ण कलाकारप्रति आभार व्यक्त गर्नुभयो ।

कलामार्फत शान्ति, मानवता र वैश्विक मित्रताको सन्देश दिने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा नेपाल, भारत र बङ्गलादेशका १०० युवा तथा अग्रज कलाकारका कलाकृति समावेश गरिएका छन् ।

कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, कलाकार, पत्रकारलगायतको सहभागिता रहेको थियो । प्रदर्शनी माघ १० गतेसम्म सञ्चालन हुनेछ ।