१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

प्रतिनिधिसभा बैठकमा छाउगोठ, कुरा सुन्दा महिला सांसदहरु हासिरहे

प्रतिनिधिसभा बैठकमा छाउगोठ, कुरा सुन्दा महिला सांसदहरु हासिरहे
अ अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाका सांसद गजेन्द्र नारायण महतले छाउगोठ भत्काईएकोमा गम्भीर आपत्ती जनाउनुभएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकको शुन्य समयमा बोल्दै उहाँले गृहमन्त्रालयले काम नपाएर छाउगोठ भत्काउदै हिडेको आरोप पनि लगाउनुभयो । छाउगोठको नाममा सरकारले आफुहरुको घर भत्काएको आरोप पनि उहाँले लगाउनुभयो । उहाँले भन्नुभयो “हाम्रो गाउ घर तिर उखान छ । काम नपाए बुहारी कुकुरको पुछ कन्याउ । अहिले हाम्रो गृहमन्त्रालय यस्तै छ । छाउ गोठको नाममा घर भत्काईएका छन् । एउटा व्यक्ति मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ ? ८ जना मान्छे होटलमा मृत्यु भएको छ । होटल भत्काउदै हिड्ने ? हजारौ मान्छेहरु बसमा मृत्यु भएको छ बस भत्काउदै आगो लगाउदै हिड्ने ? यो पनि तरीका काही हुन्छ ? चाहिदो काम गर्नुपर्यो नि । जिल्लामा जाने नुन, औषधी बेचिएको छ । त्यत्रो भ्रष्टाचार भएको छ उनीहरुलाई समाउनुछैन । पुलको बेहाल छ बाटोको बेहाल छ ,उनीहरुलाई समाउनुछैन । ठेकदार कहा छ कहाँ छ थाहा छैन ,तीनलाई कारवाही गर्नुपर्दैन ? स्कुलको अवस्था के छ । अस्पतालको अवस्था के छ ? त्यो हेर्नुपर्दैन ? हिजो गोर्खाली सेनाको नाममा हाम्रो घर भत्काईयो । अहिले छाउगोठका नाममा हाम्रो घर भत्काउने ? के हेरेर बसेको छ गृहमन्त्रालय ? काम पाएको छैन यसले ?”

उहाँले छाउगोठ भत्काएकोमा विरोध गर्दै आफ्नो भनाई राख्दै गर्दा प्रतिनिधिसभा बैठक हासोले गुञ्जयमान भएको थियो । छाउगोठको अन्त्य गरिनुपर्ने भन्दै कुरा उठाउने महिला सांसदहरुपनि हासिरहेका थिए ।

सुन्य समयमा बोल्दै अन्य सांसदहरुले पनि आ आफ्नो क्षेत्रगत र समसामयिक विषयमा सम्बन्धीत क्षेत्रको ध्यानाकर्षण गराएका छन् ।

सांसद खगराज अधिकारीले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा लागि थप जग्गा अधिग्रहण गर्ने बारे यथार्थ जानकारी गराउन माग गर्नुभयो ।

उहाँले भन्नुभयो “पोखरा अन्तराष्ट्रिय विमानस्थलका लागि थप १ सय ४ रोपनी जग्गा अधिग्रहण गर्ने कुरा सत्य हो ? उचित मुआब्जा दिइन्छ कि दिईदैन ? अब थप अधिग्रहण गर्ने कार्यक्रम छ कि छैन ? एरपोर्टको तल्लो क्षेत्रमा रहेको हजारौ हेक्टर जग्गाको सिंचाईको व्यवस्था के हुन्छ ? परियोजनाको वातावरण अध्ययन मुल्यांकन प्रतिवेदन किन सार्वजनिक गरिदैन ? विस्तृत प्रतिवेदन सार्वजनिक गरियोस् । मध्य पहाडी लोकमार्ग कास्कीको रुदीखोला देखि भैसे सम्मको टेण्डर किन रोकिएको छ । त्यो तुरुन्त खुलाईयोस् । रुपाताल परियोजनाको सम्पुर्ण कार्य सञ्चालन गरियोस् । ”

त्यसैगरी सांसद आशा कुमारी बिकले काठमाण्डौ महानगरभित्र रहेका ६० मध्ये २० वटा मात्रै सञ्चालनमा रहेको भन्दै मापदण्डयुक्त शौचालय निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद उमा रेग्मीले बाजुरा जिल्ला छेडेदह गाउपालिका निवासी २२ बर्षका हेम बहादुर राउतलाई पक्राउ गरि कोटेश्वर प्रहरी वृत्तमा रहेको अवस्थामा मृत्यु भएको भन्दै घटनाबारे अध्ययन गर्न छानविन समिति गठन गर्न माग गर्नुभयो । उहाँले दोषीलाई कारवाही गरि पीडीतलाई क्षतिपुर्ति उपलब्ध गराउन माग गर्नुभयो ।

सांसद कुमारी तुलसी थापा हिउँदे बालीमा तुसारो र बेमौसमी पानीले खेती बालीलाई नोक्सानी पुगेको भन्दै किसानलाई राहतको व्यवस्था गर्न माग गर्नुभयो ।