२२ फाल्गुन २०८१, बिहीबार
March 6, 2025 Thursday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 13.63

Wind: 1.03

Humidity: 72

Latest
देशका अधिकांश भागमा मौसम सफा रहने भिट्ठामोड सुक्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता प्रधानमन्त्री ओलीले आज चन्द्र ढकालको कागज उद्योगको उद्घाटन गर्ने पर्यटनमन्त्री पाण्डेलाई जर्मनीमा ‘टुरिजम् मिनिस्टर अफ द एयर’ अवार्ड प्रदान च्याम्पियन्स लिगः पिएसजीलाई लिभरपुलले हरायो, १० खेलाडीमा समेटिएको बार्सिलोनाको बेन्फिकामाथि साँघुरो जित वीरगञ्ज–पलथैया औद्योगिक कोरिडोरमा औषधि उद्योग विस्तार हुँदै ‘हिजो अर्काको मेलापर्म गर्ने ढकाल आज सफल व्यवसायी’ प्रतिनिधिसभाले पारित गरेका पाँच अध्यादेश आज राष्ट्रियसभामा पेश गरिँदै कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद्को निर्णय रामेछापको कोलन्जोर घाटमा पुल निर्माण सम्पन्न भएन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बैठकमा आयोगका प्रतिवेदन पेस



अ+ अ-

काठमाडौं । कामै नगरेका र पुर्णता पनि नपाएका आयोगहरुले आफ्नो बार्षिक प्रतिवेदन भने बुझाएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा ती आयोगका बार्षिक प्रतिवेदन पेस गरिएको छ । सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्या एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले आयोगहरुका प्रतिवेदन पेश गर्नुभएको हो । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगले अझै पुर्णता पाएका छैनन् । बैठकमा राष्ट्रिय मानवअधिकार आयोग , लोकसेवा आयोग र न्याय परिषद् र न्याय सेवा आयोगका २०७५/७६ को बार्षिक प्रतिवेदन पनि पेश भएका छन् ।

शुक्रबारको बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन विधेयक २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश बैठकलाई जानकारी गराउनुभएको थियो । त्यसैगरी सचिव योगीले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन )विधेयक २०७६ र संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक २०७६ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्नुभएको थियो ।

बैठकले पुर्व सांसद गम्भीरजंग कार्कीको निधनमा शोक प्रस्ताव पारित गर्दे दिवंगत आत्माको चिर शान्तिको कामना गर्दे शोक सन्तप्नत परिवारप्रति समवेदना प्रकट गरेको छ ।

शोक प्रस्तावमा भनिएको छ “प्रतिनिधिसभाको यो बैठक २०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट पाल्पा जिल्ला क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य नेपाली कांग्रेस पाल्पाका पुर्व पार्टी सभापति, प्रजातन्त्र एवं लोकतन्त्र स्थापनाका हरेक आन्दोलनमा महत्वपुर्ण भूमिका निर्वाह गर्नुभएका, सादा र सरल जीवन पद्धतिमा विश्वास गर्ने सर्वप्रिय नेतान गम्भीरजंग कार्कीको ७४ बर्षको उमेरमा मिति २०७६ साल माघ ११ गते सनिबार काठमाण्डौ स्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएकोमा गहिरो शोक प्रकट गर्दछ । उहाँको दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ ।”

प्रतिनिधिसभाको अर्को बैठक अगामी मंगलबार १ बजेका लागि बोलाईएको छ ।