६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

टिकट नपाएपछि रिजालले भने : कसैसँग मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी हो

टिकट नपाएपछि रिजालले भने : कसैसँग मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी हो
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले आफूले पार्टीबाट कुनै पद नपाए पनि अर्काे २९ बर्ष यही क्षेत्रमा रहने प्रण गरेका छन् ।

प्रतिनिधिसभाको आसन्न निर्वाचनका लागि दैलेखबाट उनलाई पार्टीले टिकट नदिएपछि आज प्रतिक्रियास्वरुप फेसबुकमा स्टाटस लेख्दै भनेका छन्— २९ बर्षअघि ०५३ सालमा अखिलको जिल्ला अध्यक्ष भएयताको मात्रै अवधि गणना गर्दा पनि २९ बर्ष भएछ । कुनै पद पाइएन भने पनि अर्को २९ बर्ष कम्तीमा यही क्षेत्रमा रहनेछु ।

उनी आसन्न निर्वाचनमा दैलेख–२ बाट १ नम्बरमा सिफारिश भएका थिए । तर पनि उनलाई नभएर २ नम्बरमा सिफारिश भएकालाई पार्टीले टिकट दिएपछि उनले यो प्रतिक्रिया दिएका हुन् ।

उनले भनेका छन्— नेकपा (एमाले) का कार्यकर्ताको रोजाइमा मतदानबाट पहिलो नम्बरमा सिफारिश भएको थिएँ । जिल्ला र प्रदेश कमिटीले पनि पहिलो नम्बरमै सिफारिश गरेका थिए । तर, तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन ।

यस्तो छ उनको स्टाटसः

आभार तथा धन्यवाद !

यस पटकको निर्वाचनमा म दैलेख–२ बाट नेकपा (एमाले) का कार्यकर्ताको रोजाइमा मतदानबाट पहिलो नम्बरमा सिफारिश भएको थिएँ । जिल्ला र प्रदेश कमिटीले पनि पहिलो नम्बरमै सिफारिश गरेका थिए । तर, तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन ।

उम्मेदवार छनोटका क्रममा मलाई मतदान, साथ, सहयोग, शुभेच्छा र हौसला प्रदान गर्नुहुने सबै नेता, कार्यकर्ता र दैलेख–२ का बासिन्दाप्रति आभारी छु । साथै, फेरि पनि तपाईंहरुको भावनालाई साकार पार्न असमर्थ भएकोमा विनम्रतापूर्वक क्षमाप्रार्थी छु ।

नेतृत्वले म सात बर्षको हुँदा ०४३ सालमा प्रधानपञ्चबाट निर्वाचन लड्न थाल्नुभएका अनुभवी लक्ष्मीप्रसाद पोखरेललाई फेरि टिकट दिएको छ । पार्टीको आन्तरिक निर्वाचनमा आफ्नै क्षेत्रका अगुवा कार्यकर्ताको पहिलो रोजाइमा नपरे पनि, हालै सम्पन्न पार्टीको महाधिवेशनमा भारी मतका साथ पराजित भए पनि नेतृत्वको रोजाइमा पर्न सक्ने लक्ष्मीजीको अद्भूत क्षमताको प्रशंसा नगरी रहन सकिँदैन ।

म राजनीतिमा स्वेच्छाले लागेको हुँ । दैलेखी जनता, देश र पार्टीलााई सकेको योगदान गर्नमा कुनै कसर बाँकी राख्ने छैन । मैदानमै छु, मैदानमै हुनेछु । २९ बर्षअघि ०५३ सालमा अखिलको जिल्ला अध्यक्ष भएयताको मात्रै अवधि गणना गर्दा पनि २९ बर्ष भएछ । कुनै पद पाइएन भने पनि अर्को २९ बर्ष कम्तीमा यही क्षेत्रमा रहनेछु ।

आजका दिनसम्म म कहिल्यै फुट र विभाजनका पक्षमा लागेको छैन । विगतमा पार्टी विभाजनमा लागेर, उम्मेदवार बनेर धरौटी जफत भएर, एमालेलाई हराएर फेरि एमालेमै फर्किन बाध्य भएकाहरुले आफू मात्रै पार्टी बनाउन लागेको रुपमा प्रस्तुत गर्नु हास्यास्पद छ ।

लेखपढ गर्नु, पार्टीका पक्षमा पैरवी गर्नु, अझ पीएचडी गर्दै गर्नु, आफ्नो क्षमताले देश–विदेशका मञ्चहमा सहभागी हुनु, कसैसँग मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी हो भने यसमा भन्नु केही छैन । राजनीतिमा अगाडिबाट प्रतिस्पर्धा गर्न नसकेपछि व्यक्तिगत प्रतिष्ठामाथि आक्रमण गर्ने कायरहरुप्रति जति घृणा गरे पनि कमै हुन्छ ।

पार्टीका तर्फबाट उम्मेद्वार बन्नुहुने सबैलाई शुभकामना !

यसबीचमा आएका फोन कल उठाउन असमर्थ भएकोमा क्षमाप्रार्थी छु ।