१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी

कुपोषित महिला र बालबालिका लक्षित कार्यक्रम अघि बढाउने अफगानिस्तानको भनाइ

कुपोषित महिला र बालबालिका लक्षित कार्यक्रम अघि बढाउने अफगानिस्तानको भनाइ
अ अ+ अ-

काबुल। संयुक्त राष्ट्रसङ्घले यस वर्ष लाखौँ तीव्र कुपोषणको शिकार हुने चेतावनी दिएपछि अफगानिस्तानको तालिवान सरकारले शनिबार आफ्नो लक्ष्य ‘सबै कुपोषित बालबालिका र आमालाई सहयोग गर्ने’ रहेको बताएको छ ।

विश्व खाद्य कार्यक्रमका निर्देशक जोन आइलिफले यसै हप्ता एएफपीसँग भन्नुभयो, “४० करोड जनसङ्ख्या भएको अफगानिस्तानमा ५० लाख महिला र बालबालिका जीवनलाई नै जोखिममा पार्ने कुपोषणको सामना गर्नुपर्नेछ।”

संयुक्त राष्ट्रसङ्घको खाद्य सुरक्षा निकायले करिब ४० लाख बालबालिकालाई कुपोषणको उपचार गर्नुपर्ने बताएको छ, जुन तथ्याङ्कलाई संयुक्त राष्ट्रसङ्घले अनिवार्य गरेको एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरणले पनि पुष्टि गरेको छ।

“यी सङ्ख्याहरू आश्चर्यजनक छन्,” आइलिफले भन्नुभयो ।

अफगानिस्तानको जनस्वास्थ्य मन्त्रालयले भने शनिबार एक फरक र कम कुपोषणको तथ्याङ्क दिँदै त्यहाँ करिब तीस लाख बालबालिका र आमाहरू कुपोषणबाट पीडित रहेको बताएको छ।

मन्त्रालयका प्रवक्ता शराफत जमानले एएफपीलाई भने, “करिब १३ लाख बालबालिका मध्यम कुपोषणका सिकार छन्, सात लाख तीव्र कुपोषणबाट पीडित छन् र नौ लाख आमाहरू मध्यमदेखि गम्भीर रूपमा कुपोषित छन् ।”

कुपोषणको उपचार गर्ने सुविधा ८०० बाट बढेर तीन हजार २०० पुगेको मन्त्रालयले जनाएको छ । “हाम्रो लक्ष्य सबै बिरामीहरूमा पुग्नु हो र सबै कुपोषित महिला र बच्चाहरूलाई सरकारले मद्दत गर्छ,” जमानले भन्नुभयो।

आन्तरिक रूपमा उत्पादन गर्न अफगानिस्तानको प्रयासलाई पनि प्रकाश पार्दै उहाँले भन्नुभयो, “हामीले अन्तर्राष्ट्रिय सङ्गठनहरूको सहयोगमा औषधि, खाद्यान्न र सहयोग वितरण गर्नुपर्छ।”

डब्ल्यूएफपीले आगामी छ महिनामा ६० लाख अफगानीहरूलाई खुवाउन तत्काल खद्यान्न सहयोगका लागि अपिल गर्न ३९ करोड डलर माग गरिरहेको छ । यद्यपि, एलिफले हालैका वर्षहरूमा सहायता दान कटौती भएपछि रकम प्राप्त गर्ने सम्भावना ‘न्यून’ रहेको बताउनुभएको छ।(रासस/एएफपी)