१६ श्रावण २०८३, शनिबार
,
Latest
झैझगडामा संलग्न एक जना पक्राउ प्रवेश परीक्षा दिन गएका विद्यार्थीको मृत्यु सीमानाकाबाट हुने अवैध पेयपदार्थको ओसारपसारमा कडाइ स्वार्थ समूहको दबाबमा होइन, राष्ट्रिय हितमा कानून बनाऔँः एमाले सांसद झाँक्री प्रविधि र जलवायु संकट मानव अधिकारका लागि नयाँ चुनौतीः न्यायाधीश मल्ल हिंसाबाट सत्ता परिवर्तन गर्ने सोच हाबी भयोः राधेश्याम अधिकारी ‘केही नेपाल ऐन संशोधन’मार्फत कानून बदल्ने अभ्यास गलतः काँग्रेस सांसद खाती विश्वप्रसिद्ध नेपाली आरोही निर्मल ‘निम्सदाइ’ पुर्जाको निधन सरकारले राष्ट्रिय सभाका सांसदको सुझाव नै मान्दैनः नेकपा नेता सुवेदी कुबेत आक्रमणमा परी निधन भएका नेपाली नागरिकको पार्थिव शरीर स्वदेश ल्याइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

युगान्डाका मुसेभेनी सातौँ कार्यकालका लागि निर्वाचित



अ+ अ-

कम्पाला। युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनी सातौँ कार्यकालका लागि अनुमोदित हुनुभएको छ ।

बिहीबार सम्पन्न निर्वाचनमा ८१ वर्षीय मुसेभेनीले ७१.६५ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । उहाँको जितसँगै उहाँले पूर्वी अफ्रिकी देशमा ४० वर्षे शासन लम्ब्याउन सफल हुनुभएको छ ।

उहाँले पूर्व गायकबाट राजनीतिज्ञ बनेका ४३ वर्षीय बबी वाइनलाई पराजित गर्नुभएको हो । वाइनले २४.७२ प्रतिशत मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ।

वाइनले राजनीतिमा प्रवेश गरेदेखि मुसेभेनीले निरन्तर दबाबको सामना गर्नुपरेको छ । उहाँ सन् २०२१ मा राष्ट्रपति पदको लागि पहिलो प्रतिस्पर्धा अघि धेरै गिरफ्तारीहरूको सामना गर्नुपरेको थियो ।

वाइनले ‘नक्कली परिणामहरूको पूर्ण अस्वीकार’ गर्ने बताउनुभएको छ। निर्वाचनपछि परिवारसहित उहाँलाई घरमा नै नजरबन्दमा राखिएको थियो । उहाँ आफ्नो घरमा सुरक्षाकर्मीले छापा मारेपछि शुक्रबार राति घरबाट भाग्न सफल हुनुभएको थियो ।

“म उनीहरूको कब्जाबाट उम्कन सफल भएँ,” वाइनले शनिबार एक्समा पोस्ट गर्दै लेख्नुभएको छ। “श्रीमती र परिवारका अन्य सदस्य नजरबन्दमा रहे पनि अहिले म घरमा छैन,” उहाँले भन्नुभयो।

निर्वाचन परिणाम घोषणासँगै सुरक्षास्थितिलाई मध्यनजर गर्दै प्रशासनले देशको राजधानी लगायत मुख्य शहरहरूमा सुरक्षाकर्मीको व्यापक परिचालन गरेको छ। (रासस/एएफपी)