१९ भाद्र २०८३, शुक्रबार
,
Latest
माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभ्यता, संस्कृति र संस्कारमा नेपाल विश्वमै धनी देश: पूर्वप्रधानन्यायाधीश पराजुली



अ+ अ-

रुपन्देही। सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले सभ्यता, संस्कृति र संस्कारमा नेपाल विश्वमै धनी देश भएको बताउनुभएको छ ।

आज यहाँ भैरहवामा आयोजित प्रबुद्ध नागरिक गोष्ठी–२०८२ मा उहाँले संस्कारविनाको विकास टिकाउ हुन नसक्ने दाबी गर्नुभयो ।

पूर्वप्रधानन्यायाधीश पराजुलीले अनेक लोभ, प्रलोभन, अनुचित व्यवहारमा पारेर धर्मान्तर र धर्म परिवर्तन गराउनु ठूलो अपराध भएको उल्लेख गर्दै त्यस्तो कार्यमा लाग्ने व्यक्तिलाई कडा कारबाही गरिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कल्याणकुमार तिम्सिना, मुक्तिनाथ धाम नयाँगाउँका पिठाधीश लोकानन्द सरस्वतीजी महाराज, हिन्दू स्वयंसेवक संघ, नेपालका राष्ट्रिय कार्यकारिणी सदस्य राजकुमार गुरुङलगायतले आफ्नो धारणा राख्नुभएको थियो । रासस