२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

काँग्रेस नेताहरु भन्छन्, ‘काँग्रेस एकतावद्ध हुनुको विकल्प छैन’

काँग्रेस नेताहरु भन्छन्, ‘काँग्रेस एकतावद्ध हुनुको विकल्प छैन’
अ अ+ अ-

नेपाली काँग्रेसका सहमहामन्त्री उदय शमशेर राणाले आगामी निर्वाचनमा नेपाली काँग्रेस एकतावद्ध भएर जानुको विकल्प नभएको बताउनुभएको छ ।

काँग्रेसको शनिवार बानेश्वरमा बसेको केन्द्रिय समितिको बैठकपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले काँग्रेस एकतावद्ध नभएका समस्या आउने बताउनुभएको हो । उहाँले विशेष महाधिवेशनले सुतेर बसको काँग्रेसलाई जागरुक बनाएको बताउनु भयो । यद्यपि सबै पक्ष एक ठाउँमा उभिन नसकेका निर्वाचनमा पार्टीलाई ठुलो असर गर्ने उहाँको भनाई छ । उहाँले पार्टी र देशको लागि एकतवद्ध हुन सबैलाई आग्रह गर्नुभयो । निर्वाचनको लागि उम्मेद्वार सिफारिसमा अब भागबण्डा नहुने पनि उहाँले बताउनु भयो । टिकटमा अब ६०/४० को भागवण्डा अन्त्य हुने उहाँको दाबी छ । उहाँले जित्ने सम्भावना बढी भएको व्यक्तिलाई उम्मेद्वार बनाउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चुनाव अगाडी एकतावद्ध भएर नेपाली कांग्रेस जानुपर्छ । सुतेर बसेको काँग्रेसमा जागरण आएपनि हामीहरु एकै ठाउँमा उभिन नसके भोली समस्या आउँछ । यो हाम्रो निम्ति मात्रै होईन काँग्रेसको भविष्यको निम्ति हामी एकढिक्का भएर अगाडी बढौँ । धेरै समय छैन । हामीले भन्दै आएका छौँ । टिकटमा पनि अव ६०÷४० भन्ने चिज अब बाँकी रहेन । जसको नाम सिफारिस भएको छ, जसको जित्ने सम्भावना बढी छ, उहाँहरुलाई टिकट दिने भन्ने हामी सबैको कुरा छ ।’ 

काँग्रेसका केन्द्रिय सदस्य विनोद चौधरीले पार्टीको विधानअनुसार नै विशेष महाधिवेशन भएकोले यसलाई सबैले स्वीकार गर्नुपर्ने बताउनु भयो । विशेष महाधिवेशनले दिएको म्याण्डेटलाई स्वीकार गरेर निर्वाचनमा सहभागी हुनुपर्नेमा उहाँले जोड दिनुभयो । नयाँ पुरानो नभनी सबै एकजुट भएर निर्वाचनमा होमिन उहाँले आग्रह गर्नुभयो । निर्वाचनमा जाँदा नविन काँग्रेसको मानसिकता बोकेर जानुपर्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विशेष महाधिवेशन नेपाली काँग्रेसको विधान अन्र्तगत आयोजना गरिएको महाधिवेशन हो । महाधिवेशनले एउटा म्याण्डेड दियो । त्यो म्याण्डेडलाई सबैले स्वीकार्नुपर्छ । यसमा पुरानो नयाँ भन्ने प्रश्न नै आउँदैन । अहिले सबैका ध्यान निर्वाचनतर्फ केन्द्रित हुनुपर्छ । निर्वाचनमा जाँदाखेरि नविन नेपाली काँग्रेसलाई लिएर सबैजना जाँदैछन् भन्ने मानसिकताका साथ जानुपर्छ ।’ 

काँग्रेस नेताहरुले विशेष महाधिवेशनलाई कसैको जित र हारको विषय नबनाई अगाडी बढ्नुपर्नेमा जोड दिनुभएको छ । काँग्रेसमका लामो समयदेखि योगदान पु¥याउने नेताहरुलाई सम्मानका साथ उचित भुमिका दिनुपर्नेमा आफूहरु स्पष्ट रहेको उहाँहरुको भनाई छ ।