१४ भाद्र २०८३, आईतवार
,
Latest
भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग ट्याक्टर दुर्घटनामा मोरङमा चालकको मृत्यु रसुवामा खाद्यसामग्री वितरण सुरु सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस विवाद अब सर्वोच्चमा, देउवा पक्षले आइतबार रिट दिने



अ+ अ-

काठमाडौं: निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता गगन थापा समूहलाई दिएको निर्णयको विरुद्ध कांग्रेसको देउवा समूह सर्वाेच्च अदालत जाने भएको छ । देउवा समूहका एकजना नेताले बताए अनुसार सो समूह उक्त निर्णयप्रति असहमति जनाउँदै आइतबार नै अदालत जाने भएको हो ।

आज साँझ केही बेर अघि यस विषयमा निर्णय भएको र भोलि शनिबार रिट लेखेर तयार गरी आइतबार नै अदालत जाने तयारी भएको ती नेताले जानकारी दिए ।

यसअघि आजै सो समूहका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आयोगको सो निर्णय दुर्भाग्यपूर्ण रहेको बताएका थिए । केही बेरअघि निर्वाचन आयोगले थापा समूह नेपाली कांग्रेसको आधिकारिक रहेको निर्णय सुनाएको थियो ।

तर सो निर्णय आफूहरुलाई मान्य नरहेको खड्काले बताएका थिए । उनले आयोगको सो निर्णय प्रतिशोधपूर्ण र गैरकानुनी रहेको पनि बताएका थिए ।

आज दिनभर देउवा पक्ष र गगन पक्षका समर्थक र कार्यकर्ताले निर्वाचन आयोग अघिल्तिर सडकमा धर्ना र जुलुश गरेका थिए ।