१९ भाद्र २०८३, शुक्रबार
,
Latest
माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अबदेखि चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सातवटै प्रदेशबाट



फाइल फोटो
अ+ अ-

काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले अबदेखि चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सातवटै प्रदेशबाट गर्ने भएको छ ।

काउन्सिलका रजिष्ट्रार डा सतिसकुमार देवले चिकित्सकलाई काठमाडौँ आउनुपर्ने झन्झट अन्त्य गर्न अबदेखि सातवटै प्रदेशबाट चिकित्सकको दर्ता प्रमाणपत्र परीक्षा गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । यसअघि चिकित्सकलाई चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाका लागि काठमाडौँ आउनुपर्दथ्यो ।

रजिष्ट्रार डा देवले सातवटै प्रदेशमा कहाँ–कहाँ परीक्षा केन्द्र राख्ने अझै निर्णय नभएको बताउनुभयो । उहाँले सातवटै प्रदेशबाट परीक्षाको व्यवस्था गरे परीक्षार्थीलाई यात्रा र समयको बचत हुनेमात्र नभई परीक्षा प्रक्रियाको पारदर्शिता र गुणस्तर पनि बढ्ने बताउनुभयो ।

काउन्सिलले अबदेखि काउन्सिलको निर्वाचन पनि अनलाइनमार्फत गर्ने निर्णय गरेको छ । उहाँले सबै चिकित्सकको सहभागिता गराउन र निर्वाचन प्रक्रियालाई पारदर्शी, सहज र प्रविधिमैत्री बनाउने अनलाइनबाट मतदान गर्ने निर्णय गरिएको बताउनुभयो ।

“चिकित्सक जहाँ हुनुहुन्छ त्यहीँबाट नै अनलाइन मतदान गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “सधैँ बिरामीको उपचारमा खट्ने चिकित्सकलाई अनलाइन मतदान गर्दा निर्वाचनमा पनि धेरै चिकित्सकले सहभागिता जनाउनुहुनेछ ।” रासस