१९ असार २०८३, शुक्रबार
,
Latest
स्विट्जरल्यान्ड अन्तिम १६ मा, अल्जेरियाको यात्रा राउण्ड अफ ३२ मै समाप्त एक महिनमा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए आज २५ अर्बको ऋणपत्र जारी हुँदै कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न विभागकाे निर्देशन खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा पूर्णबहादुर खड्काले बोलाए इतर समूहको बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशमा आगो लगाउनेहरुलाई निर्वाचनमा पराजित गर्नुपर्छः ओली



अ+ अ-

नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई आगो लगाउनेहरुलाई आगामी निर्वाचनमा पराजित गर्नुपर्ने बताउनुभएको छ ।

लोकतन्त्र बचाउनका लागि आगो लगाउनेहरुलाई चिन्हित गरेर आगामी निर्वाचनमा पराजित गर्नुपर्ने अध्यक्ष ओलीको जिकिर थियो ।

पार्टीले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले देशभक्त र लोकतान्त्रिक शक्तिहरुसँग लोकतन्त्र बचाउनका लागि सहकार्य गर्दै अघि बढ्ने समेत बताउनु भयो । देशभक्त र लोकतान्त्रिक शक्तिहरु आगामी निर्वाचनमा प्रतिस्पर्धी नहुने ओलीको भनाई थियो । उहाँले संविधान, राजनीति, राजनीतिक दलका नेताहरु नचाहिने तत्वले देशमा आतंक फैल्याउने काम गरिरहेको पनि बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले म भन्न चाहन्छु नेकपा (एमाले)को तर्फबाट–हाम्रो प्रतिष्पर्धा कसैसँग छैन । देशभक्त, लोकतान्त्रिक शक्तिहरुसँग प्रतिष्पर्धा छँदै छैन । लोकतन्त्र बच्योभनेन प्रतिस्पर्धा गर्ने हो। लोकतन्त्र नै बचेन भने के मा प्रतिष्पर्धा गर्ने हो ? त्यसकारण अहिलेको कुरा हो लोकतन्त्र । हामीले चिन्नुपर्ने र पराजित गर्नुपर्ने आगो लगाउनेहरु हुन् । हामीले चिन्नुपर्ने र पराजित गर्नुपर्ने असंवैधानिक लोकतन्त्रविरोधी संसद विघटनकर्ताहरु, देशलाई अलोकतान्त्रिक अवस्थामा धकेल्ने यस्ता तत्वहरु हुन् । देशमा अराजकता सृजना गर्न खोज्ने, यस्ता तत्वहरु हुन । डेमोक्रेसी चाहिएन उनीहरुलाई । संविधान चाहिएन, राजनीति चाहिएन । राजनीतिक पार्टीहरु चाहिएन, राजनीतिक दलका नेताहरु चाहिएन । देशलाई नीतिविहिन, थितिविहिन अराजकता र आतंकको एउटा राज्य बनाउन खोजियो ।’ 

अध्यक्ष ओलीले असंवैधानिक लोकतन्त्रविरोधी संसद विघटनकर्ताहरु, देशलाई अलोकतान्त्रिक अवस्थामा धकेल्ने तत्वहरु भएको समेत बताउनु भयो ।