१९ असार २०८३, शुक्रबार
,
Latest
एक महिनमा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए आज २५ अर्बको ऋणपत्र जारी हुँदै कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न विभागकाे निर्देशन खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा पूर्णबहादुर खड्काले बोलाए इतर समूहको बैठक बर्डफ्लुबारे सचेत बनाउन मोबाइल रिङटोन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बौद्धमा उज्यालो नेपालको बृहत्त भेला सम्पन्न, ७ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टी प्रवेश



अ+ अ-

काठमाडौं। उज्यालो नेपाल पार्टीको बृहत्त भेला काठमाडौंको बौद्धमा भव्य रूपमा सम्पन्न भएको छ। सिन्धुपाल्चोक घर भई विगत लामो समयदेखि काठमाडौंमा बसोबास गर्दै आएका करिब एक हजारभन्दा बढी व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको उक्त भेलाले उज्यालो नेपालको अभियानलाई थप ऊर्जा प्रदान गरेको छ।

भेलामा सहभागी वक्ताहरूले यसपटक सिन्धुपाल्चोकबाट उज्यालो नेपाल पार्टीलाई विजयी गराउँदै देशलाई उज्यालो बनाउने अभियानलाई सफल बनाउने दृढ विश्वास व्यक्त गरे। उनीहरूले विकास, सुशासन र परिणाममुखी राजनीतिका लागि उज्यालो नेपाल अपरिहार्य विकल्प भएको धारणा राखे।

कार्यक्रमका प्रमुख अतिथि उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ रहेका थिए। कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नेपाली कांग्रेसलगायत विभिन्न राजनीतिक दल परित्याग गरी ७ सयभन्दा बढी नेता तथा कार्यकर्ताहरू उज्यालो नेपाल पार्टीमा प्रवेश गरेको जानकारी दिए।

नवप्रवेशीहरूलाई स्वागत गर्दै अध्यक्ष घिसिङले भने, “अब देश विकास गर्ने जिम्मेवारी उज्यालो नेपाल पार्टीले लिन्छ। विकास डेलिभरी, सुशासन र परिणाम देखाउने क्षमता उज्यालो नेपाल बाहेक अरू कुनै पार्टीसँग छैन।” उनले थपे, “उज्यालो नेपाल पार्टीलाई पहिलो शक्तिका रूपमा स्थापित हुन अब कसैले रोक्न सक्दैन।”

भेलाले सिन्धुपाल्चोकलगायत देशभर उज्यालो नेपाल पार्टीप्रति जनसमर्थन बढ्दै गएको स्पष्ट सन्देश दिएको सहभागीहरूको भनाइ थियो।