४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

लोकतन्त्रमा व्यक्तिको कुरा चल्दैन, संस्थाले जे भन्यो त्यही आधिकारिक हुन्छः शेखर कोईराला

लोकतन्त्रमा व्यक्तिको कुरा चल्दैन, संस्थाले जे भन्यो त्यही आधिकारिक हुन्छः शेखर कोईराला
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले गगन थापाको नेतृत्वमा जानेहरु पार्टीबाट चोइटिएर  मात्रै गएको टिप्पणी गर्नुभएको छ ।

निर्वाचन आयोगमा आधिकारितका दाबीका लागि पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो । उहाँले बहुमत केन्द्रिय सदस्यहरु अहिले पनि आफूहरुसँग रहेको भन्दै उहाँले निर्वाचन आयोगमा जानुपर्ने विषय नै नरहेको तर सञ्चारमाध्यमहरुले बाध्य बनाएको बताउनु भयो । निर्वाचन आयोगले पार्टीको आधिकारिकताको कुरा लोकतान्त्रिक पद्धतिअनुसार गर्ने बताउनु भयो । उहाँले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशन बोलाउने अधिकार रहेको भएपनि विशेष महाधिवेशनको कार्यसूचि, कार्यतालिका,कार्यविधिहरु केन्द्रिय समितिले नै बनाउनुपर्ने स्पष्ट व्यवस्था रहेको जिकिर गर्नुभयो । कुनै पदाधिकारीले विशेष अधिवेशन बोलाउने अधिकार नरहेको भन्दै व्यक्ति नभइ संस्थाले गरेको निर्णय नै आधिकारिक हुने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी यहाँ आउनै नपर्ने जस्तो मलाई लाग्छ । तर सञ्चारमाध्यमहरुले हामीलाई बाध्य बनाइदिए । उहाँहरुले निर्णय गर्नमिल्छ ? देशको निम्ति, नेपाली काँग्रेसको निम्ति यो परिस्थिति आएको छ । लोकतान्त्रिक पद्धतिअनुसार निर्णय गर्नुहुनेछ । ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले बोलाउने अधिकार छ तर विशेष अधिवेशनको कार्यसूचि, कार्यतालिका, कार्यविधि सबै केन्द्रिय समितिले बनाउनुपर्छ भन्नेकुरा स्पष्ट रुपमा विधानले भनेको छ । नेपाली काँग्रेसको सिंगो केन्द्रिय सदस्यहरु यहीँ हुनुहुन्छ । केही चाइटिएर जानुभएको होला । तर सिंगो केन्द्रिय सदस्य यहाँ हुनुहुन्छ । कसैले, कुनै पदाधिकारी वा विशेष अधिवेशन बोलाउने अधिकार छ की छैन, नेपाली काँग्रेसको विधानले त्यो अधिकार दिएको छैन । आज टुँडिखेलमा गइकन कुनै निर्वाचन आयुक्तले ६ गते निर्वाचनको नोमिनेसन हुँदैन भन्यो भने निर्वाचन आयोगलाई मान्य हुन्छ की हुँदैन ? यो गम्भीर विषय हो । यो कुरा सोच्नुपर्छ । व्यक्ति होइन संस्था खोजेको हो । संस्थालाई हेरेर अघि बढ्नुपर्छ । जुन साथीहरुको सिग्नेचर तपाईंहरुलाई पनि आएको होला । ति सिग्नेचर फिर्ता भएको निस्सा तपाईंहरुलाई प्रश्तुत गर्नेछौँ ।’

उहाँले महँधिवेशनमा गएका ८८५ जना महाधिवेशन प्रतिनिधिहरुले उक्त महाधिवेशनबाट आफूहरु फर्किएको भन्दै हस्ताक्षर पार्टी कार्यालयमा बुझाएको जानकारी दिनुभयो । आयोगलाई उक्त हस्ताक्षरसहितको प्रमाण पनि पार्टीले पशे गरेको छ ।