५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माहिलाहरुमा कसरी हुन्छ स्तन क्यान्सर ? यस्ता छन् रोक्ने उपायहरु



अ+ अ-

शरीरको कुनै पनि अंगमा हुने कोशिकाहरुको अनियन्त्रित वृद्धि नै क्यान्सरको प्रमुख कारण रहेको चिकित्सकहरु बताउदै आएका छन् । शरीरको आवश्यकता अनुसार यी कोशिकाहरु विभाजित हुन्छन, तर जब यीनीहरु लगातार वृद्धि हुन्छन्, तब क्यान्सरको रुप लिन्छन् । कोशिकाहरुमा हुने लगातार वृद्धिहरु एकत्रित भएर गाँठोको रुप लिन्छ, जसलाई क्यान्सर ट्यूमर भनिन्छ । यस प्रकार स्तन कोशिकाहरुमा हुने अनियन्त्रित वृद्धिलाई नै स्तन क्यान्सरको नाम दिईन्छ ।

स्तन क्यान्सर हुँदा पहिलो र दोस्रो चरणमा नै यसको बारेमा थाहा भयो भने सही समयमा यसको उपचार सम्भव हुन सक्छ । तर ढिला भए निकै गाह्रो हुन्छ । महिलाहरुमा हुने स्तन क्यान्सरले वर्षेनी कयौं महिलाहरुको अकालमै मृत्यु हुने गरेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार स्तन क्यान्सरका निम्न लिखित कारणहरु हुन्छ्नः

  • बच्चा नजन्मनाका कारण ।
  • उमेर भैसके पछि बच्चा जन्मनु ।
  • स्तनपान नगराउनु ।
  • वजनमा अत्याधिक वद्धि ।
  • धेरै मदिरा सेवन गर्नाले ।
  • नराम्रो र अनियन्त्रित जीवनशैली स्तन क्यान्सरको प्रमुख कारण हो ।
  • यसबाहेक अनुवांशिक रुपमा पनि स्तन क्यान्सर हुने सम्भावना हुन्छ ।

स्तन क्यान्सरको लक्षण

  • स्तनको आकारमा परिर्वतन महसुस हुनु
  • स्तनको तल्लो भाग छाम्दा गाठो भएको महसुस हुनु ।
  • स्तन थिच्दा दुख्नु ।
  • कुनै तरल अथवा चिप्लो कुरा स्तनबाट बहनु ।
  • निप्पलको अग्रभाग मोडिनु एवं रातो रंगको हुनु ।
  • स्तन सुनिनु ।

स्तन क्यान्सरलाई रोक्ने उपाय

  • सूर्यको तेजिलो किरणको प्रभावबाट बच्ने ।
  • नुनको अत्याधिक सेवन नगर्ने ।
  • रातो मासुको सेवन धेरै नगर्ने ।
  • धेरै मदिरा सेवन र धुम्रपान नगर्ने ।
  • गर्भ निरोधक औषधि नियमित सेवन गर्नु अगाडि चिकित्सकीय परामर्श लिने ।
  • एक्सरसाइज र योगा नियमित रुपमा गर्नु पर्छ ।

महिलाहरुले यस किसिमको भयानक रोगबाट बच्न नियमित रुपमा स्तन क्यान्सरको जाँच गराइराख्नु पर्छ । महिलाहरु आफ्नो स्तन परीक्षण, मेमोग्राफीले गराउन सक्छन् । यसको उपयोग रोगको पहिचान गर्न र त्यसलाइ पत्ता लगाउने उपकरणको रुपमा गरिन्छ । मेमोग्राफीको लक्ष्य स्तन क्यान्सरको शुरुवाती तौरमा नै पत्ता लगाउनु हो ।