२३ जेष्ठ २०८३, शनिबार
,
Latest
तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माहिलाहरुमा कसरी हुन्छ स्तन क्यान्सर ? यस्ता छन् रोक्ने उपायहरु



अ+ अ-

शरीरको कुनै पनि अंगमा हुने कोशिकाहरुको अनियन्त्रित वृद्धि नै क्यान्सरको प्रमुख कारण रहेको चिकित्सकहरु बताउदै आएका छन् । शरीरको आवश्यकता अनुसार यी कोशिकाहरु विभाजित हुन्छन, तर जब यीनीहरु लगातार वृद्धि हुन्छन्, तब क्यान्सरको रुप लिन्छन् । कोशिकाहरुमा हुने लगातार वृद्धिहरु एकत्रित भएर गाँठोको रुप लिन्छ, जसलाई क्यान्सर ट्यूमर भनिन्छ । यस प्रकार स्तन कोशिकाहरुमा हुने अनियन्त्रित वृद्धिलाई नै स्तन क्यान्सरको नाम दिईन्छ ।

स्तन क्यान्सर हुँदा पहिलो र दोस्रो चरणमा नै यसको बारेमा थाहा भयो भने सही समयमा यसको उपचार सम्भव हुन सक्छ । तर ढिला भए निकै गाह्रो हुन्छ । महिलाहरुमा हुने स्तन क्यान्सरले वर्षेनी कयौं महिलाहरुको अकालमै मृत्यु हुने गरेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार स्तन क्यान्सरका निम्न लिखित कारणहरु हुन्छ्नः

  • बच्चा नजन्मनाका कारण ।
  • उमेर भैसके पछि बच्चा जन्मनु ।
  • स्तनपान नगराउनु ।
  • वजनमा अत्याधिक वद्धि ।
  • धेरै मदिरा सेवन गर्नाले ।
  • नराम्रो र अनियन्त्रित जीवनशैली स्तन क्यान्सरको प्रमुख कारण हो ।
  • यसबाहेक अनुवांशिक रुपमा पनि स्तन क्यान्सर हुने सम्भावना हुन्छ ।

स्तन क्यान्सरको लक्षण

  • स्तनको आकारमा परिर्वतन महसुस हुनु
  • स्तनको तल्लो भाग छाम्दा गाठो भएको महसुस हुनु ।
  • स्तन थिच्दा दुख्नु ।
  • कुनै तरल अथवा चिप्लो कुरा स्तनबाट बहनु ।
  • निप्पलको अग्रभाग मोडिनु एवं रातो रंगको हुनु ।
  • स्तन सुनिनु ।

स्तन क्यान्सरलाई रोक्ने उपाय

  • सूर्यको तेजिलो किरणको प्रभावबाट बच्ने ।
  • नुनको अत्याधिक सेवन नगर्ने ।
  • रातो मासुको सेवन धेरै नगर्ने ।
  • धेरै मदिरा सेवन र धुम्रपान नगर्ने ।
  • गर्भ निरोधक औषधि नियमित सेवन गर्नु अगाडि चिकित्सकीय परामर्श लिने ।
  • एक्सरसाइज र योगा नियमित रुपमा गर्नु पर्छ ।

महिलाहरुले यस किसिमको भयानक रोगबाट बच्न नियमित रुपमा स्तन क्यान्सरको जाँच गराइराख्नु पर्छ । महिलाहरु आफ्नो स्तन परीक्षण, मेमोग्राफीले गराउन सक्छन् । यसको उपयोग रोगको पहिचान गर्न र त्यसलाइ पत्ता लगाउने उपकरणको रुपमा गरिन्छ । मेमोग्राफीको लक्ष्य स्तन क्यान्सरको शुरुवाती तौरमा नै पत्ता लगाउनु हो ।