२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच दीपङ्कर बुद्धको नगर परिक्रमासहित सम्पन्न भयो सम्यक दान पर्व, सयौँ भिक्षुहरूद्वारा दान ग्रहण



अ+ अ-

भक्तपुर : भक्तपुर नगरपालिका–१ स्थित जयकीर्ति महाविहार (ययुबही) परिसर भुइख्यमा बौद्ध परम्पराअनुसार हिजाे दिनभर बौद्ध धमावलम्बीहरूले सम्यक दान पर्व मनाएका छन् ।

बौद्ध धर्मावलम्बीहरूले ३५० वर्षअघि अर्थात् नेपाल संवत् ७८७ भन्दा अघिदेखि प्रत्येक वर्ष माघ १ गते मनाउँदै आएको दानमध्येको महादान ‘सम्यक दान पर्व’ आज भक्तपुरका बौद्ध धर्मालम्बीहरूले मनाएका हुन् ।

सम्यक महादान व्यवस्थापन सहयोग समितिले आयोजना गरेको यो पर्वमा पाँच दीपङ्कर बुद्धका मूर्तिहरूलाई आआफ्नो महाविहारबाट विधिपूर्वक निकालेर दत्तात्रय, सुकुलढोका, दरबारस्क्वायर, दूधपाटी हुँदै जयकीर्ति विहार पुर्याइएको थियो ।

पाँच दीपङ्कर लाई स्थानीय थथुवहिमा विराजमान गराई बुद्ध ज्ञान प्राप्त शाक्य र बज्राचार्यका करिब दुई हजार भिक्षुलाई प्रसाद, चामललगायत विभिन्न परिकारहरू दान दिएर पर्व मनाएको समितिका अध्यक्ष गणेश बज्राचार्यले जानकारी दिनभयो ।

सम्यक महादान पर्वमा विभिन्न परिकारहरूमध्ये अन्तबाट बनेको परिकार, सागसब्जीका परिकार, मिठाइका परिकार, फलफूलका परिकार बनाउने र चढाएर दान गर्ने परम्परा रहेको उहाँले जानकारी दिनुभयो । मूल दीपङ्कर , बाहाछे दीपङ्कर , भौरबही दीपङ्कर , ययुबही दीपङ्कर र कुथुबहि दीपङ्कर लाई नगर परिक्रमा गराई दान ग्रहण एवं पूजासमेत ग्रहण गरिएको थियो ।

क्रमबद्ध रूपमा विराजमान गराइएका चारवटा सम्यक द्यो (सुवर्ण दीपङ्कर को मूर्ति), सुवर्ण चैत्य, स्थवीर आजु, मूल गुरुजु, गुरुजूहरू र लामबद्ध भएर बसेका सयौँ बज्राचार्य, बुद्धाचार्य र शाक्य परिवारका सदस्यहरूलाई परम्परा सम्यक दान पर्वमा काठमाडौँको प्रशन्नशील महाविहार, साकोथा चतब्रम्ह महाविहार, गोल्मढी मङ्गल धर्मदीप विहार, इटाछेँ जयकीर्ति महाविहार, भार्वाचो बौद्ध समकृत विहारको दीपङ्कर गरी पाँच दीपङ्कर बुद्धलाई भूमिबाट उब्जाउ हुने अन्न तथा तिल मिसाइएको भात चढाउने परम्परा रहेको समितिका सचिव राजुमान बज्राचार्यले जानकारी दिनुभयो ।

यस पर्वमा परम्परागत रूपमा स्थापना भएका बौद्ध विहारहरूमा दीक्षित भएर आएका गृहस्थ बौद्ध भिक्षुहरूलगायत शाक्य र बज्राचार्यहरूलाई भोजन, अन्न र दक्षिणा दान गर्ने चलन रहेको यस वर्ष पर्व सञ्चालन गर्ने पालो परेका चिनियाँकाजी बज्राचार्यले जानकारी दिनुभयो । आजको पर्वमा करिब दुई हजार जनालाई भोजन तथा अन्न र दक्षिणा प्रदान गरिएको थियो जानकारी दिादै चिनियाँकाजीले बौद्ध धर्ममा दान दिनु र दान लिनु नै पुण्य कमाउनु हो भन्ने मान्यता रहेको बताउनुभयो ।

भक्तपुर दरवार क्षेत्रसँगै रहेको प्रसिद्ध चतुब्र्रम्ह महाविहारका सङ्घ सदस्य जयरत्न बज्राचार्यले नेपाल संवत् ७८७ मा आना दिव¬ङ्गत पिता जयदेव बज्राचार्यका नाममा दीपङ्कर बुद्धलगायत विभिन्न विहारका सङ्घ सदस्यहरूलाई निमन्त्रणा गरेर सम्यक भोजनदान गरी यस पर्वको स्थापना गरेको शिलापत्रमा उल्लेख रहेको स्थानीय देवचन्द्र बज्राचार्यले जानकारी दिनुभयो ।

जयरत्न बज्राचार्यबाटै नेपाल संवत् ७९४ मा जीर्ण रहेको जयकीर्ति महाविहारको जिर्णोद्वार गरी सोही वर्ष राजा जय जितामित्र मल्लको उपस्थितिमा सम्यक महादान पर्व सुरु भएको इतिहासमा उल्लेख भएको उहाँको भनाइ छ ।

भगवान दीपङ्कर बुद्धलाई अनुशरण गर्दै काठमाडौँमा प्रत्येक १२ वर्षमा एकपटक, ललितपुरमा प्रत्येक पाँच वर्षमा एकपटक र भक्तपुरमा प्रत्येक वर्ष माघ १ गते मकरसङ्क्रान्तिका दिनमा सम्यक महादान पर्व मनाउँदै आएको छ ।रासस