१९ भाद्र २०८३, शुक्रबार
,
Latest
माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिलाई मायाको चिनो ‘बुट्टेनली’



अ+ अ-

बागलुङ। हिजोआज विभिन्न कार्यक्रममा मायाको चिनोका रुपमा आयातित वस्तु बढी प्रयोग हुन्छन् ।

ती वस्तु न प्रयोग गर्न मिल्छन्, न त कुनै पहिचान मौलिकता झल्काउँछन् । पछिल्लो समय यदाकदा स्थानीय उत्पादनलाई कोसेलीका रुपमा दिने प्रचलन सुरु भएको छ । बागलुङको एक विद्यालयले मौलिक संस्कृतिको जगेर्ना र संरक्षणका लागि राष्ट्रपतिलाई नै ‘बुट्टेनली’ मायाको चिनोका रुपमा दिएको छ ।

आज बागलुङ नगरपालिका–१३ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयको हीरक जयन्तीलाई सम्बोधन गर्न आउनुभएका राष्ट्रपति रामचन्द्र पौडेललाई ‘बुट्टेनली’ मायाको चिनोका रुपमा दिएको हो । थरिथरिका आकृति खोपेर बनाइएको बुट्टेनली जब विद्यालयका अध्यक्ष रामबहादुर केसीले राष्ट्रपति पौडेलको हातमा थमाउनुभयो, तब सुरक्षाकर्मीसहित कार्यक्रमका सहभागीहरु अचम्ममा परे ।

सो बुट्टेनली करिब दुई वर्ष पुरानो मौलिकता हो । बाँस तथा निगालोको नलीमा भगवान, चराचुरुङ्गी तथा विभिन्न आकृति बनाउने गरिन्छ । तर पछिल्लो समय बागलुङमा बुट्टेनली बनाउने मिस्त्रीहरु कमै छन् । बागलुङ जिल्लाकै पहिचान बनेको बुट्टेनली बनाउनेको सङ्ख्या घट्दै गएपछि लोप हुने अवस्थामा पुगेको छ ।

विद्यालयका अध्यक्ष केसीले पाहुनालाई पहिचान झल्काउने वस्तु उपहार दिँदा जिल्लाको शिर उँचो हुने बताउनुभयो । बुट्टेनलीले बागलुङको मौलिकता र पहिचान झल्काउने हुँदा राष्ट्रपतिलाई उपहार दिएको उहाँको भनाइ छ । यसले बुट्टेनली उत्पादन र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष केसी बताउनुहुन्छ ।

अध्यक्ष केसीले भन्नुभयो, “हामीले देशको प्रमुखलाई बागलुङको पहिचान झल्काउने बुट्टेनली मायाको चिनोका रुपमा दियौँ, यसले हाम्रो गरिमा, पहिचान र संस्कतिलाई प्रवद्र्धन गर्छ भन्ने विश्वास छ, पहिले बुट्टेनलीको निकै बढी चर्चा हुन्थ्यो, तर अहिले पाउन पनि मुस्किल पर्छ ।”

बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले कालीगण्डकीमा पाइने शालिग्रामको राष्ट्रपति पौडेललाई उपहार दिनुभएको थियो । विश्वको एकमात्र नदी कालीगण्डकीमा मात्रै पाइने शालिग्रामको प्रवर्द्धनका लागि मायाको चिनोका रुपमा शालिग्राम दिएको प्रमुख श्रेष्ठले बताउनुभयो ।
रासस